News Category 2071/04/12
बालकको हत्या गर्ने बुबा विरुद्ध जाहेरी
दैनिक संवददाता
राजविराज, ११ साउन ।
सप्तरीको कोचावखारी ९ कुपहीका ५ वर्षीय बालक गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आईतबार जाहेरी दर्ता भएको छ ।
मृतकका मामाली हजुरबुबा दिघवा गाविस ७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा बालकको शव बरही वीरपुर १ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो । मृतक बालकको शव दुई मिटर पश्चिम हत्यामा प्रयोग भएको बन्चरोसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
घटनापछि हत्याका आरोपित श्रवण खङ्ग फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्र्षअघि मृतकका आमाले आत्महत्या गरेपछि उनका बुबा श्रवणको मानसिक सन्तुलन गुमाएको जस्तो गर्दै आएको गाउँहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ