News Category 2071/04/14
जिल्ला आयुर्वेदिकद्वारा औषधी पसलमा अनुगमन
दैनिक संवाददाता
राजविराज, १३ साउन ।
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीको नेतृत्वमा मंगलबार राजविराज नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका विभिन्न औषधी पसलहरुको अनुगमन गरिएको छ ।
विभिन्न अैषधी पसलमा अनुमति बिनानै आयुर्वेदिक औषधीको समेत विक्रि भइरहेको सूचना पाएपछि अनगुमन गर्नुपरेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो ।
राजविराज सिरहा रोडस्थित ओम साई आयुर्वेद औषधी पसल, मलेठस्थित आरोग्य केन्द्र, मदननगरस्थित नेचुरल आयुर्वेद, राजविराज मेन रोडस्थित कृष्णा फार्मेशी, हटियास्थित लक्ष्मी आयुर्वेद, साई बाबा आयुर्वेद र चाँद मेडिसिनमा अनुगमन गरिएको प्रमुख यादवले बताउनुभयो ।
अनुगमन पश्चात् पसलहरुमा समय गुज्रिएको आयुर्वेद औषधी, अनुमति बिनानै आयुर्वेदिक औषधीको विक्रि, इलेक्ट्रोनिक्स पसलमा औषधी विक्रि लगायतका कार्यहरु भएकोले ती औषधी पसल संचालकहरुलाई बुधबार स्वास्थ्य केन्द्रमा बोलाई छलफल गरिने प्रमुख यादवले बताउनुभयो ।
अनुगमन टोलीमा जिल्ला अनुगमन अधिकृत सुरेश सिंह, आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादव, प्रहरी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ