News Category 2071/04/14
जिल्ला आयुर्वेदिकद्वारा औषधी पसलमा अनुगमन
दैनिक संवाददाता
राजविराज, १३ साउन ।
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीको नेतृत्वमा मंगलबार राजविराज नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका विभिन्न औषधी पसलहरुको अनुगमन गरिएको छ ।
विभिन्न अैषधी पसलमा अनुमति बिनानै आयुर्वेदिक औषधीको समेत विक्रि भइरहेको सूचना पाएपछि अनगुमन गर्नुपरेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो ।
राजविराज सिरहा रोडस्थित ओम साई आयुर्वेद औषधी पसल, मलेठस्थित आरोग्य केन्द्र, मदननगरस्थित नेचुरल आयुर्वेद, राजविराज मेन रोडस्थित कृष्णा फार्मेशी, हटियास्थित लक्ष्मी आयुर्वेद, साई बाबा आयुर्वेद र चाँद मेडिसिनमा अनुगमन गरिएको प्रमुख यादवले बताउनुभयो ।
अनुगमन पश्चात् पसलहरुमा समय गुज्रिएको आयुर्वेद औषधी, अनुमति बिनानै आयुर्वेदिक औषधीको विक्रि, इलेक्ट्रोनिक्स पसलमा औषधी विक्रि लगायतका कार्यहरु भएकोले ती औषधी पसल संचालकहरुलाई बुधबार स्वास्थ्य केन्द्रमा बोलाई छलफल गरिने प्रमुख यादवले बताउनुभयो ।
अनुगमन टोलीमा जिल्ला अनुगमन अधिकृत सुरेश सिंह, आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादव, प्रहरी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ