News Category 2071/04/13
सप्तरीमा पुनः एक महिलाको निर्मम हत्या
दैनिक संवाददाता
राजविराज, १२ साउन ।
सप्तरीमा एक पछि अर्को गरि महिला हत्याको घटनामा दिन प्रतिदिन बृद्धि भईरहेको छ ।
पछिल्लो पटक सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियाका एक महिलाको हत्या भएको एक साता नबित्दै जिल्लाको सिम्रहा सिग्यौन गाविस ६ मा पुन आईतबार राति एक महिलाको निर्मम तरिकाबाट हत्या गरिएको छ ।
अज्ञात व्यक्तिहरुको एक समूहले बेल्ही चपेना ८ र ९ को सिमानामा पर्ने राष्ट्रिय प्राथमिक विद्यालय पिपरा नजिक अन्दाजी ४५ वर्षिया उर्मिला देवी मण्डलको हत्या गरिएको हो ।
स्व. बासुदेव मण्डलको कान्छी पत्नी उर्मिला र सौताबीच विगत केही महिनादेखि अंश सम्वन्धि बिवाद चल्दै आएको बेला उर्मिलाको निर्मम तरिकाबाट हत्या गरिएको स्थानियहरुले बताएका छन ।
अंश सम्वन्धी विवाद सुल्झाउनका लागि आइतवार पत्थरगाडा प्रहरी चौकीमा विवादित दुवैपक्ष तथा स्थानीय भरभलादमीहरुलाई छलफलका लागि बोलाइएको थियो । छलफलमा सहभागी भई सिम्राहा सिंगियौन ५ का दिनेश यादवको मोटरसाइकलमा बसेर घर फर्किने क्रममा बाटोमा ५÷७ जनाको अज्ञात व्यक्तिहरुको एक समुहले मोटरसाइकल रोकेर एकल महिला उर्मिलाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक दिनेश यादवलाई समेत उक्त समूहले नियन्त्रणमा लिई निर्घात कुटपीट गर्दै रुखमा बाँधेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी चौकी पत्थरगाडाबाट खटिएको टोलीले राती ११.३० बजेको समयमा यादवलाई उद्धार गर्नुका साथै मृतक महिलाको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको थियो । मृतकको शव पोष्टमार्टम पश्चात् उनका परिवारजनकोे जिम्मा लगाएको अस्पताल श्रोतले जनाएको छ ।
यता सो घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
यसैबीच सप्तरीमा दिन प्रतिदिन महिला हत्याको घटनामा बृद्धि भईरहेको प्रति यहाँका विभिन्न संघ संस्थाहरुले भत्सर्ना गरेको छ । अन्तरपार्टी महिला संजालकी अध्यक्ष पुनम यादव, अधिकारकर्मी शम्भुनन्दन चौधरी सहितले एक पछि अर्को महिला हत्या घटनाको घोर भत्सर्ना गर्दै दोषीको अविलम्ब पहिचान गरी कडा भन्दा कडा कानुनी कार्बाही गर्नुपर्ने सम्बन्धित सबै पक्षसँग जोडदार माँग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ