News Category 2071/04/13
पविउमाविमा सरकारी अनुदानबाट भवन निर्माण हु“दै
दैनिक संवाददाता
राजविराज, १२ साउन ।
सप्तरी जिल्लाको पुरानो सामुदायिक विद्यालय मध्ये एक राजविराजस्थित पविउमाविमा अहिले सरकारले दिएको अनुदान रकमबाट भवन निर्माण कार्य धमाधम हुँदैछ ।
वि.स. २००३ सालमा संचालन भएको उक्त विद्यालयलाई सरकारले पछिल्लो पटक विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार तथा शौचालय निर्माणका लागि १ लाख ५० हजार रकम अनुदान दिएको थियो ।
विद्यालयको भौतिक संरचना जिर्ण हुँदै गएको बेला अहिले विद्यालयले सरकारले दिएको रकम र विद्यालय आफ्नै लगानीमा कक्षा कोठाहरु निर्माण गर्दैछ ।
२००७ साल अघि संचालनमा आएका विद्यालयहरुलाई सरकारले दिएको उक्त रकमबाट अहिले पविउमाविमा ४ कोठा भएको दुई तल्ले भवनको निर्माण कार्य भइरहेको विद्यालयका प्राचार्य अरुण झाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले चार वर्ष अघि नै दिएको भवन निर्माणका लागि १९ लाख ५० हजार र शौचालय निर्माणका लागि १ लाख ५० हजार रकम विद्यालय र तत्कालिन व्यवस्थापन समितिको विवादका कारण त्यसबेला काम सुरु हुन नसकेकोले अहिले उक्त कार्य सुरु गरिएको हो ।”
भवन निर्माणका लागि भवन निर्माण समितिको गठन गरि काम सुरु गरिएको र त्यसमा विद्यालयको तर्फबाट इटा, काठ र श्रमदान समेतको सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।
प्राचार्य झाले जिल्लाकै पुरानो विद्यालयमा सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउँनुहुँदै विद्यालयमा गुणस्तरिय शिक्षाका लागि आफू प्रतिबद्ध रहेको र यसलाई सुधारोन्मूख गरिँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
विद्यालयमा भवन निर्माणका लागि रामअवतार यादवको संयोजकत्वमा १० सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा दशरथ गुप्ता, प्रयाग यादव, रामचन्द्र यादव, हरिनारायण यादव, पाण्डु रजक, करुणा झा, रामनारायण यादव, शिक्षक तर्फबाट शंकर यादव र सदस्य सचिवमा प्राचार्य अरुण झा रहनु भएको छ ।
भवन निर्माण समितिका संयोजक रामअवतार यादवले जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक उपेन्द्र यादवको नेतृत्वमा भवन निर्माण कार्यको अनुगमन समेत भइरहेको जानकारी दिनुभयो ।
एक समयमा जिल्लाकै उत्कृष्ठ पढाई हुने यस विद्यालयमा हाल बाल विकास केन्द्र, १ देखी कक्षा १०, थप प्राविधिक र दृष्टिबिहीन कक्षाका विद्यार्थीहरु गरि करिब १ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ