News Category 2070/03/17
कुख्यात अपराधी धिरेन्द्र यादव भारतको कटैयाबाट पक्राउ
दैनिक संवाददाता
राजविराज, १६ असार ।
नेपालमा बिभिन्न किसिमको अपराध गरी फरार भएका कुख्यात भारतीय अपराधी धिरेन्द्र यादव पक्राउ परेका छन् । भारतीय प्रहरीले बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको कटैया पावर हाउस अगाडिबाट आइतबार बिहान नियन्त्रणमा लिएको छ ।
नानो कारमा सबार भएर राघोपुरतर्फ गइरहेको अवस्थामा उनीसहित अन्य चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आइतबार भारतको बिहार राज्य अन्तर्गत बिरपुर थानामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
धिरेन्द्रसँगै बैद्यनाथ यादव, अशोक मण्डल, बेचन यादव र उमेश यादव पनि प्रहरीको नियन्त्रणमा आएका छन् । यिनीहरुको ठेगाना खुलाइएको छैन् ।
पक्राउ परेका उनीहरुको साथबाट पाकेको माछा, दुई बोतल रक्सी, दुई वटा ग्लास र पाँच वटा मोवाइल बरामद भएको भारतीय प्रहरीको भनाई छ ।
करिब नौ महिना अगाडि सुनसरीको झुम्कास्थित पुर्व क्षेत्रिय कारागारबाट सुरुङ्ग खनेर यादवसहित एक दर्जन कैदी÷बन्दी फरार भएका थिए । २०६९ साल कात्तिक २३ गते कारागारको सुरुङ्ग खन्ने कामको यादव प्रमुख योजनाकार भएको प्रहरीले जनाएको थियो ।
धिरेन्द्रसहितका मिलेर सप्तरी सदरमुकाम राजविराजस्थित कृषि विकास बैंक बैङ्कि कार्यालयका प्रबन्धक बिक्रम शाहको २०६२ सालको पुस महिनामा दिनदहाडै गोली प्रहार गरी हत्या गरेका थिए । यसबाहेक नेपाली नागरिकता, हातहतियार, अपहरण र लुटपाटका मुद्दा उनीमाथि छ ।
यादवसहितकाले सप्तरी जिल्लामा अपराध बढाएपछि तत्कालिन सगरमाथा अंचल प्रहरी प्रमुख एसएसपी श्यामबहादुर खड्का नेतृत्वको टोलीले यादवको ‘ग्याङ्ग’ लाई सुनसरीको इटहरीबाट नियन्त्रणमा लिएको थियो । सप्तरी प्रहरीले यादवसहितकामाथि प्रबन्धक साहको हत्या मुद्दा दायर गरेपछि जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यो फैसलापछि धिरेन्द्रलाई प्रहरीले राजविराज, काठमाडौंसहित देशका बिभिन्न ठाउँको कारागार पु¥याउँदै झुम्का कारागारमा स्थानान्तरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ