News Category 2071/04/20
उन्नाइस दिनमा एक थान पनि हतियार बुझाइएन्
दैनिक संवाददाता
राजविराज, १९ साउन ।
अवैध हातहतियार तथा खरखजाना बुझाउन सरकारले आग्रह गरेको १९ दिन बितिसक्दा पनि सप्तरीमा एउटा पनि हतियार कसैले बुझाएका छैनन् ।
प्रशासनले अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा साउन महिना भित्र बुझाउन सर्वसाधारण जनतासँग अनुरोध गरेका थियो । तर साउनको १९ गते सम्ममा कसैले पनि एक थान हतियार नबुझाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
प्रजिअ यादवले जो कोही सँग अवैध हातहतियार रहेको छ, ती सबैले यही साउन महिना भित्रमा अवैध हातहतियार बुझाउँनुका लागि जिल्लाका सम्पुर्ण आमनागरिकसँग आग्रह समेत गर्नुभएको छ ।
प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए त्यस्ता व्यक्तिलाई आफूसँग भएका सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन प्रजिअ यादवले आग्रह गर्नुभएको छ ।
त्यस्तै जिल्लामा अपराधिक क्रियाकलापमा कमि आएपनि साउन महिना भित्र अवैध हातहितयार बुझाउँनका लागि सचेतना फैलाउँदा पनि अहिले सम्म एउटा पनि हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एसपी दिनेश अमात्यले जानकारी दिनुभयो ।
उहाँले अवैध हातहतियार फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ