News Category 2071/04/21
हाल सम्म सप्तरीमा ४० प्रतिशत मात्र रोपाईजिल्लालाई खडेरी क्षेत्र घोषणा गर्नका लागि पत्राचार
शुभ नारायण यादव
राजविराज, २० साउन ।
साउन महिनाको तेश्रो साता बित्नै लाग्दा पनि सप्तरीमा हाल सम्ममा करिब ४० प्रतिशत मात्र धान रोपाई हुँदा यहाँका किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको कुल ७० हजार कृषि योग्य क्षेत्रफल मध्ये समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएकोले साउनको तेश्रो सातामा करिब ४० प्रतिशत मात्र धान रोपाई भएकोमा यहाँका किसानहरु चिन्तित बनेका हुन ।
सप्तरीको कुल खेतीयोग्य जग्गा ७० हजार हेक्टर मध्ये कुल सिंचित ४० हजार हेक्टर तथा ३० हजार असिंचित क्षेत्र मध्ये सिंचित क्षेत्रमा ५५ प्रतिशत धान रोपाई भएको छ भने असिंचित क्षेत्रमा करिब १५ प्रतिशत गरी कुल खेतीयोग्य जग्गा मध्ये करिब ४० प्रतिशत मात्र धान रोपाई भएको छ ।
समयमा प्रर्याप्त मात्रामा वर्षा हुदाँ तथा सिचाईको उचित व्यवस्था नभएपछि खासगरी जिल्लाको पश्चिमी भेग अर्थात सप्तरी निर्वाचन क्षेत्र न. ४, ५ र ६ का दर्जनौ गाविसका किसानहरुले मोटर तथा सिडीबाट खेतमा पानी हालेर धान रोप्न बाध्य भएको बकधुवा गाविस ९ छपकी टोलका किसान शेखर यादवले दुःखेसो पोख्नुभयो ।
जिल्लाको उत्तरी र पश्चिमी भेगका केही गाविसहरु जमुनी मधेपुरा, पातो, पत्थरगाडा, तरही, कुशहा, कल्याणपुर, रामनगर, रामपुर जमुवा, बोदे बर्साइन, मलेकपुर, नर्घो, झुटकी, रायपुर, खोक्सर प्रवाहा, शम्भुनाथ, सहितका गाविसहरुमा अझै धान रोपाई हुन नसकेका कारण त्यस भेगका किसानहरु चिन्तित बनेका छन ।
सप्तरीको कुल ७० हजार हेक्टर खेतियोग्य क्षेत्रफल मध्ये ४० प्रतिशत अर्थात २८ हजार क्षेत्रफलमा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अशोक कुमार दास यादवले जानकारी दिनुभयो ।
प्रमुख यादवका अनुसार खासगरी जिल्लाका पुर्वी, दक्षिणी, उत्तरी भेगमा करिब ४० प्रतिशत धान रोपाई भएपनि जिल्लाको निर्वाचन क्षेत्र न. ४, ५ र ६ को विभिन्न गाविसहरु तथा पश्चिमी र केही दक्षिणी भेगका गाविसहरुमा अझै धान रोपाई हुन नसकेको प्रमुख यादवको भनाई छ ।
समयमा प्रयाप्त मात्रामा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण जिल्लाको ६० प्रतिशत खेत अझ बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
असार महिना सम्ममा जिल्लामा करिब ५० प्रतिशत सम्म धान रोपाई हुनुपर्ने ठाउँमा हाल सम्ममा करिब ४० प्रतिशत मात्र धान रोपाई हुन सकेकोले सप्तरीमा यस वर्ष पनि खडेरीको प्रवल सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा ८६ प्रतिशत अर्थात कुल खेतियोग्य जग्गा मध्ये ६० हजार २ सय हेक्टरमा धान रोपाई भएको थियो भने गत वर्षको तुलनामा यस वर्ष साउनको अन्तिम सम्ममा करिब ४० प्रतिशत मात्र धान रोपाई भएकाले यस वर्ष सप्तरीमा खडेरीको प्रवल सम्भावना रहेकाले जिल्लालाई खडेरी क्षेत्र घोषणा गर्नका लागि कार्यालयले पत्राचार गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ