News Category 2071/04/21
हाल सम्म सप्तरीमा ४० प्रतिशत मात्र रोपाईजिल्लालाई खडेरी क्षेत्र घोषणा गर्नका लागि पत्राचार
शुभ नारायण यादव
राजविराज, २० साउन ।
साउन महिनाको तेश्रो साता बित्नै लाग्दा पनि सप्तरीमा हाल सम्ममा करिब ४० प्रतिशत मात्र धान रोपाई हुँदा यहाँका किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको कुल ७० हजार कृषि योग्य क्षेत्रफल मध्ये समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएकोले साउनको तेश्रो सातामा करिब ४० प्रतिशत मात्र धान रोपाई भएकोमा यहाँका किसानहरु चिन्तित बनेका हुन ।
सप्तरीको कुल खेतीयोग्य जग्गा ७० हजार हेक्टर मध्ये कुल सिंचित ४० हजार हेक्टर तथा ३० हजार असिंचित क्षेत्र मध्ये सिंचित क्षेत्रमा ५५ प्रतिशत धान रोपाई भएको छ भने असिंचित क्षेत्रमा करिब १५ प्रतिशत गरी कुल खेतीयोग्य जग्गा मध्ये करिब ४० प्रतिशत मात्र धान रोपाई भएको छ ।
समयमा प्रर्याप्त मात्रामा वर्षा हुदाँ तथा सिचाईको उचित व्यवस्था नभएपछि खासगरी जिल्लाको पश्चिमी भेग अर्थात सप्तरी निर्वाचन क्षेत्र न. ४, ५ र ६ का दर्जनौ गाविसका किसानहरुले मोटर तथा सिडीबाट खेतमा पानी हालेर धान रोप्न बाध्य भएको बकधुवा गाविस ९ छपकी टोलका किसान शेखर यादवले दुःखेसो पोख्नुभयो ।
जिल्लाको उत्तरी र पश्चिमी भेगका केही गाविसहरु जमुनी मधेपुरा, पातो, पत्थरगाडा, तरही, कुशहा, कल्याणपुर, रामनगर, रामपुर जमुवा, बोदे बर्साइन, मलेकपुर, नर्घो, झुटकी, रायपुर, खोक्सर प्रवाहा, शम्भुनाथ, सहितका गाविसहरुमा अझै धान रोपाई हुन नसकेका कारण त्यस भेगका किसानहरु चिन्तित बनेका छन ।
सप्तरीको कुल ७० हजार हेक्टर खेतियोग्य क्षेत्रफल मध्ये ४० प्रतिशत अर्थात २८ हजार क्षेत्रफलमा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अशोक कुमार दास यादवले जानकारी दिनुभयो ।
प्रमुख यादवका अनुसार खासगरी जिल्लाका पुर्वी, दक्षिणी, उत्तरी भेगमा करिब ४० प्रतिशत धान रोपाई भएपनि जिल्लाको निर्वाचन क्षेत्र न. ४, ५ र ६ को विभिन्न गाविसहरु तथा पश्चिमी र केही दक्षिणी भेगका गाविसहरुमा अझै धान रोपाई हुन नसकेको प्रमुख यादवको भनाई छ ।
समयमा प्रयाप्त मात्रामा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण जिल्लाको ६० प्रतिशत खेत अझ बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
असार महिना सम्ममा जिल्लामा करिब ५० प्रतिशत सम्म धान रोपाई हुनुपर्ने ठाउँमा हाल सम्ममा करिब ४० प्रतिशत मात्र धान रोपाई हुन सकेकोले सप्तरीमा यस वर्ष पनि खडेरीको प्रवल सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा ८६ प्रतिशत अर्थात कुल खेतियोग्य जग्गा मध्ये ६० हजार २ सय हेक्टरमा धान रोपाई भएको थियो भने गत वर्षको तुलनामा यस वर्ष साउनको अन्तिम सम्ममा करिब ४० प्रतिशत मात्र धान रोपाई भएकाले यस वर्ष सप्तरीमा खडेरीको प्रवल सम्भावना रहेकाले जिल्लालाई खडेरी क्षेत्र घोषणा गर्नका लागि कार्यालयले पत्राचार गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ