News Category 2071/04/22
सप्तरीका ८२ जना उम्मेदबारहरुले हालसम्म पनि निर्वाचन खर्च विवरण बुझाएनन्
दैनिक संवाददाता
राजविराज, २१ साउन ।
दोश्रो संविधान सभा निर्वाचन सम्पन्न भएको ९ महिना भन्दा बढी बितिसक्दा समेत सो निर्वाचनमा उम्मेदवार भएकाहरु मध्ये ८२ जनाले हालसम्म पनि खर्च विवरण बुझाएका छैनन् ।
सम्पन्न दोश्रो संविधान सभा निर्वाचनमा सप्तरीबाट २ सय ५० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ७६ जनाले निर्वाचन सम्पन्न भएको ३५ दिन भित्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदिप साहले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले २०७१ असार १९ गते पत्रपत्रिका मार्फत सार्वजनिक गरेको सुचना र जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारहरुलाई गरेको पत्रचारपछि ९२ जनाले आप्mनो निर्वाचनको खर्च विवरण कार्यालयमा बुझाएको उहाँले जानकारी दिनुभयो ।
पत्रपत्रिका मार्फत सार्वजनिक गरिएको सुचनामा एक हप्ताभित्र उम्मेदवारहरुले खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउँन आग्रह गरेपनि हाल सम्म ८२ जनाले खर्च विवरण बुझाएका छैनन् । यसैबीच ३ जना उम्मेदबारले एक हप्ते समयअवधी बितिसकेपछि निर्वाचन कार्यालय सप्तरीमा खर्च विवरण बुझाएका छन् ।
समय अवधी दिँदा समेत निर्वाचनको खर्च विवरण नबुझाएका उम्मेदबारहरु बारे निर्वाचन आयोगले छलफल गरेर कुनै निर्णय लिने प्रमुख साहले बताउनुभयो ।
सार्वजनिक गरिएको सुचनामा समय अवधिभित्र पनि खर्च विवरण नबुझाउँने उम्मेदवारहरुलाई बढीमा १ लाख जरिवाना तथा ६ वर्ष सम्म निर्वाचनमा भाग लिन नपाउँने व्यवस्था रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ