News Category 2071/04/22
सप्तरीका ८२ जना उम्मेदबारहरुले हालसम्म पनि निर्वाचन खर्च विवरण बुझाएनन्
दैनिक संवाददाता
राजविराज, २१ साउन ।
दोश्रो संविधान सभा निर्वाचन सम्पन्न भएको ९ महिना भन्दा बढी बितिसक्दा समेत सो निर्वाचनमा उम्मेदवार भएकाहरु मध्ये ८२ जनाले हालसम्म पनि खर्च विवरण बुझाएका छैनन् ।
सम्पन्न दोश्रो संविधान सभा निर्वाचनमा सप्तरीबाट २ सय ५० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ७६ जनाले निर्वाचन सम्पन्न भएको ३५ दिन भित्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदिप साहले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले २०७१ असार १९ गते पत्रपत्रिका मार्फत सार्वजनिक गरेको सुचना र जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारहरुलाई गरेको पत्रचारपछि ९२ जनाले आप्mनो निर्वाचनको खर्च विवरण कार्यालयमा बुझाएको उहाँले जानकारी दिनुभयो ।
पत्रपत्रिका मार्फत सार्वजनिक गरिएको सुचनामा एक हप्ताभित्र उम्मेदवारहरुले खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउँन आग्रह गरेपनि हाल सम्म ८२ जनाले खर्च विवरण बुझाएका छैनन् । यसैबीच ३ जना उम्मेदबारले एक हप्ते समयअवधी बितिसकेपछि निर्वाचन कार्यालय सप्तरीमा खर्च विवरण बुझाएका छन् ।
समय अवधी दिँदा समेत निर्वाचनको खर्च विवरण नबुझाएका उम्मेदबारहरु बारे निर्वाचन आयोगले छलफल गरेर कुनै निर्णय लिने प्रमुख साहले बताउनुभयो ।
सार्वजनिक गरिएको सुचनामा समय अवधिभित्र पनि खर्च विवरण नबुझाउँने उम्मेदवारहरुलाई बढीमा १ लाख जरिवाना तथा ६ वर्ष सम्म निर्वाचनमा भाग लिन नपाउँने व्यवस्था रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ