News Category 2071/04/22
फोटो सहितको मतदाता नामावली संकलन कार्य जारि त्रृटी सच्चयाउन निर्वाचन कार्यालद्वारा आग्रह
दैनिक संवाददाता
राजविराज, २१ साउन ।
दोश्रो संविधान सभा निर्वाचन सम्पन्न भएको करिब अढाई महिना पछि २०७० (माघ १५) गतेबाट जिल्ला निर्वाचन कार्यालयले पुनः फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमलाई निरन्तरता दिएको छ ।
निर्वाचन सम्पन्न भइसक्दा पनि अहिले फोटो सहितको मतदाता नामावलीमा दिनको १० देखी १२ जनाले नाम दर्ता गराउदै आएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदिप साहले जानकारी दिनुभएको छ ।
२०७० माघ १५ गतेदेखी २०७१ असार मसान्त सम्मको अवधिमा करिब ३ हजारले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेको प्रमुख साहले बताउनुभयो ।
फोटो सहितको मतदाता नामावली संकलन कार्य अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय सप्तरीमा गरिदै आइरहेको जानकारी दिँदै प्रमुख साहले यो कार्यक्रम निर्वाचन हुने बेलामा मात्र नभई दैनिकी रुपमा चलिरहने जानकारी दिनुभयो ।
यता विगतमा वितरण गरिएको मतदाता परिचयपत्रमा त्रृटी भए त्यसलाई सच्चयाउने कार्य समेत भइरहेको जानकारी दिँदै प्रमुख साहले त्यस्ता त्रृटी सच्चयाउन समयमै जिल्ला निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क राख्न सम्पूर्ण जिल्लावासीमा आग्रह समेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ