News Category 2071/04/24
आर्थिक वर्ष २०७०÷०७१ मा ६०.२७ प्रतिशत मुद्दा फछर्याैट
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
पुनरावेदन अदालत राजविराजले आर्थिक वर्ष २०७०÷०७१ मा ६०.२७ प्रतिशत मुद्दा फछर्यौट गरेको छ ।
आर्थिक वर्ष २०७०÷०७१ मा २ हजार ६ सय ४६ मुद्दा फछर्यौट गरेको पुनरावेदन अदालत राजविराजका निमित्त रजिष्ट्रार हरिश्चन्द्र इङ्गनामले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिनुभयो ।
त्यस्तै आर्थिक वर्ष २०७०÷०७१ मा १ हजार ७ सय ४४ मुद्दा फछर्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी आर्थिक वर्ष ०६९÷०७० मा १ हजार ३ सय ४२ अर्थात ३८.३७ प्रतिशत मुद्दा फछर्यौट भएको थियो । भने २ हजार १ सय ५५ वटा मुद्दा बाँकी रहेको रजिष्ट्रार इङ्गनामले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले आव ०६८÷०६९ मा आव ०६७÷०६८ बाट जिम्मेवारी ८ सय ७३ र आव ०६८÷०६९ मा परेको १ हजार ८ सय ६४ मध्ये १ हजार ४ सय ३० अर्थात ५२.२४ प्रतिशत मुद्दा फछर्यौट भएको बताउँनुभयो ।
रजिष्ट्रार इङ्गनामले चालु आवमा १ हजार ७ सय ४४ बाँकी मुद्दा मध्ये १५ प्रतिशत थप हुने तथा यस वर्ष २ हजार ५ सय ७० मुद्दा फैसला हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।
चालु आवमा बार्षिक रणनीति योजना अनुसार ६८ प्रतिशत मुद्दा पछर्यौट गर्ने लक्ष्य रहेपनि करिब ७० प्रतिशत सम्म मुद्दा फछर्यौट हुने सम्भावना रहेको पत्रकार सम्मेलनमा रजिष्ट्रारले जानकारी दिनुभयो ।
६ वटा इजलाशले ४ सय ८९ मुद्दा र प्रति दिन १३ वटा मुद्दा प्रति इजलाशले पछर्यौट गर्नुपर्ने वार्षिक लक्ष्य रहेको उहाँले बताउँनुभयो । यस आर्थिक वर्षमा साना मुद्दाहरु एक वर्ष भित्र फछर्याैट गर्ने तथा १८ महिना भित्रै बाँकी मुद्दा फैसला गर्ने लक्ष्य रहेको बताउँनुभयो ।
सबै रिट निवेदन एक वर्ष भित्र पछर्यौट गर्ने तथा फैसला १५ दिन भित्र सुनाउँने उहाँले जानकारी उल्लेख गर्नुभयो ।
साथै आर्थिक वर्ष २०७०÷०७१ मा तेश्रो पन्चव्रति योजना लागु भएकाले चौमासिक समिक्षा गर्ने वार्षिक योजना समेत रहेको उहाँले जिकीर गर्नुभयो ।
हाल पुनरावेदन अदालतमा १२ वटा न्यायधिश तथा ५ वटा ईजलाश रहेको अदालतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ