News Category 2071/04/24
बन्दी बनाइएकी नाबालिकालाई आमाको जिम्मा लगाईयो
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
बन्दी बनाइएकी एक १२ वर्षिया नाबालिकालाई पुनरावेदन अदालतले आमाको जिम्मा लगाएको छ ।
सप्तरीको ईनर्वा फुलवडिया गाविस ८ निवासी १२ वर्षिया नाबालिका कल्पना कुमारी सरदारलाई जण्डौल गाविस ५ निवासी ५० वर्षिय सिताराम सरदार र उनका छोरा २४ वर्षिय मंगला सरदारले ती नाबालिकालाई घरमा बन्दी बनाएर राखेका थिए ।
२०७१ साल साउन १२ गते नाबालिका सरदार आप्mनो मामा घर खोक्सर प्रवाहा जाने बेलामा विपक्षीले ललाई फकाई घरमा लगि बन्दी बनाएको पिडितका आमा बिना देवी सरदारले पुनरावेदन अदालत राजविराजमा बन्दी प्रत्यक्षीकरणको लागि साउन १६ गते उजुरी दायर गरेकी थिईन ।
त्यसपश्चात् साउन १८ गते २४ घण्टा भित्र विपक्षीलाई उपस्थित हुनका लागि आदेश गरेको थियो । त्यसका साथै सर्च बारेन्ट साउन २२ गतेको आदेश अनुसार शुक्रबार खान तलासी गरिएको थियो । पुनरावेदन अदालतका शाखा अधिकृत मणीराम ज्ञवालीको नेतृत्वमा प्रहरी र हुपेक प्रतिनिधि उमा पोखरेल सहितको टोलीले खान तलाशी गर्दा नाबालिका बन्दी बनाएको अवस्थामा फेला परेको पुनरावेदन अदालत राजविराजका निमित्त रजिष्ट्रार हरिश्चन्द्र इङ्गनामले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ