News Category 2071/04/25
विपि विचार समाजद्धारा ५८ स्थानमा सोलार लाईट जडान्
राजविराज÷विपी विचार समाज सप्तरीको समन्वय तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ललितपुरको सहयोगमा राजविराज नगरको सार्वजनिक स्थल, गाविसको सार्वजनिक चौकदेखी मठमन्दिरसम्म ५८ स्थानमा सोलार लाइट जडन गरिएको छ ।
राजविराज नगरपालिकाको २१ तथा जिल्लाको विभिन्न गाविसस्थित मठमन्दिर, मस्जिद लगायतका ३७ स्थानमा हालसम्म सोलार लाइट जडान गरिएको विपी विचार समाज सप्तरीका अध्यक्ष रामकुमार यादवले जानकारी दिनुभयो ।
राजविराज नगरपालिका १ स्थित श्री चण्डी दुर्गा भगवती मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर, राम जानकी मन्दिर, राजविराज ९ स्थित राजदेवी मन्दिर, चित्रगुप्त मन्दिर र राजविराज ७ स्थित बागेश्वरी मन्दिर लगायतका नगरको विभिन्न स्थानमा सोलार लाईट जडन गरिएको अध्यक्ष यादवले बताउँनुभयो ।
समाजले देउरी भरुवा गाविसको खाँडो स्थित डिहवार थान, विषहरिया गाविसको रामजानकी मन्दिर, लालापट्टीको मदरसा, रामजानकी डिहवार लालापट्टी, बोरिया मन्दिर, बरही बिरपुरको हनुमान मन्दिर, हरिहरपुर मन्दिर, तिलाठी गाविस ८ स्थित डिहवार थान, लालापट्टीको मस्जिद, छिन्नमस्ता सखडा मन्दिर, भारदहको कंकालिनी मन्दिर, लौनिया मन्दिर, ईटहरी विष्णुपुरको मन्दिर लगायतका विभिन्न मठमन्दिरहरुमा समेत सोलार जडान गरेको छ ।
मन्दिरमा साँझ बत्तिको समस्याले श्रद्धालुहरुलाई पुजा गर्न कुनै समस्या नहोस् भन्ने दृष्टिकोणले सोलार लाईट जडन गरिएको उहाँले बताउनुभयो ।
यस्तै अध्यक्ष यादवले विपी विचार समाजको पहलमा उर्जा प्रवद्र्धन केन्द्रले ६० वटा सोलार लाईट राजविराज नगरपालिकालाई दिने सम्झौता भएको जानकारी दिनुभयो । जसमध्ये नगर क्षेत्रमा हालसम्म २१ वटा सोलार लाईट जडन भइसकेको तथा अन्य स्थानहरुमा चाडै नै जडन गरिने उहाँले जानकारी दिनुभयो ।
नगर क्षेत्रमा सोलार लाइट जडन गर्नका लागि लाग्ने खर्चमा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले ६० प्रतिशत, राजविराज नगरपालिका तथा जिविस सप्तरीले २०÷२० प्रतिशत दिने सम्झौता समेत भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै समाजले यस आर्थिक वर्षमा ८० जना महिलाहरुलाई सिलाई कटाईको प्रशिक्षण तालिम समेत दिएको समाजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ