News Category 2071/04/26
सप्तरी का“ग्रेसबाट सिंचाई मन्त्री र भारतीय राजदुतलाई जिल्लाको समस्या बारे ध्यानाकर्षण
दैनिक संवाददाता
राजविराज, २५ साउन ।
नेपाली काँग्रेस सप्तरीले जिल्लामा खडेरी परेको हुँदा खुख्खा क्षेत्र घोषााको माग गर्दै सिंचाई मन्त्रि एन.पी साउद तथा भारतीय राजदुत रन्जित रावसमक्ष जिल्लाको सिंचाई तथा अन्य योजनाहरु बारे ११ बुँदे माग अघि सार्दै ध्यानाकर्षण गराएको छ ।
सिंचाई मन्त्रि एन.पी साउद तथा भारतीय राजदुत रन्जित राव सोमबार कोशी नदी एवं सप्तरीका सिंचाई योजनाहरुको स्थलगत निरिक्षणका लागि आउन लागेको पूर्वसन्ध्यामा सप्तरी काँग्रेसका सभापति दिनेश कुमार यादवद्वारा आईतबार एक प्रेस विज्ञप्तिमा सो माग अघि सार्दै ध्यानाकर्षण गराइएको हो ।
जारि गरिएको विज्ञप्तिमा जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्दै किसानहरुलाई राहत प्याकेज उपलब्ध, किसानहरुका लागि डिप बोरिङ्ग तथा स्यालो ट्युवेल लगायत पानी तान्ने मेशिनको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
यस्तै जिल्लाभित्र सिंचाई प्रणालीहरु तथा पम्प नहरको लिफ्ट सिस्टमलाई व्यवस्थित गरि आधुनिकरण् र जिल्लामा रहेका मझौला सिंचाई योजनाहरुलाई मर्मत गर्न विज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ ।
यसैगरि भारत सरकारबाट कोशी नदीको चपेटमा रहेका अधिकांश गाविसहरुलाई व्यवस्थापन, चतरा हाईडेम्पको निर्माण, कोशी पश्चिमी नहरको ब्यारेजदेखी भारतको लौकहीसम्मको सर्भिस रोड निर्माण गर्न भारतीय राजदुत रावलाई आग्रह गरिएको छ ।
त्यस्तै राजविराजदेखी पश्चिम जिल्लाहरुलाई जोड्ने हुलाकी राजमार्गलाई अविलम्ब यातायात संचालन गर्न सप्तरी खण्डको सडक र पुलहरु निर्माण, भारत सरकारबाट संचालित अधुरा आयोजनाहरु अविलम्ब पुरा गर्न तथा कुनौली फत्तेपुर सडक, छात्रावास, अस्पताल, बोरिया उमावि, ब्रहमपुर मावि लगायत अन्य योजनाहरु सम्पन्न गर्न भारत सरकारलाई विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ