News Category 2071/04/27
भारत चतरामा हाईडेम्प निमार्ण गर्न इच्छुक छ ः भारतीय राजदुत राव
दैनिक संवाददाता
राजविराज, २६ साउन ।
भारतीय राजदुत रन्जित रावले नेपाली जनताले चाहेमा भारत सुनसरीको चतरामा हाईडेम्प निमार्ण गर्न इच्छुक रहेको बताउनुभएको छ ।
सप्तरीमा भारत सरकारको सहयोगबाट संचालित विभिन्न सिचाई योजनाहरुको स्थलगत निरीक्षण पश्चात् राजविराजस्थित पम्प क्यानेलमा सोमबार आयोजित कार्यक्रममा राजदुत रावले भारतले पहिलेदेखि नै सुनसरीको चतरामा हाईडेम्प निमार्ण गर्न ईच्छा व्यक्त गरिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाईडेम्प निमार्णका लागि नेपाली जनताले नै विरोध गर्दै आएको छ यदि नेपाली जनताले हाईडेम्प बनाउन तयार छ भने यसको लागि माहौल बनाउनु आवश्यक छ ।”
राजदुत रावले सप्तरीमा भारत सरकारले सिंचाईमा गरेको सहयोग बारे जानकारी लिदै आफू भारत सरकारसँग सिंचाईको अवस्था र त्यसमा गर्नुपर्ने सुधार बारे अवगत गराउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उहाँसँगै सिंचाई मन्त्रि एन.पी साउद पनि उपस्थित रहेको थियो । भारतीय राजदुत रन्जित राव र सिंचाई मन्त्रि एन.पी साउद सहितको टोलीले यसअघि सप्तरीको कोशी ब्यारेजदेखि कोशी पश्चिमी चन्द्र नहर, कोशी पम्प क्यानेलको निरीक्षण गर्नुभएको थियो ।
सोही क्रममा कोशी पश्चिमी चन्द्र नहर डिभिजन न. २ का डिई राजेन्द्र साहले सप्तरीको सिचाई अवस्था बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । सोही प्रस्तुतीकरणकै क्रममा नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख शम्भु कुसियैत यादवले सप्तरीमा कुल २५ मेघावाट विद्युतको आवश्यकता रहेकोमा हाल ६ देखी ८ मेघावाट मात्र विद्युत जिल्लामा आईरहेको जानकारी दिनुभयो । जसमध्ये ३ मेघावाट मात्रै विद्युत सिचाईमा खर्चिने भएकाले जिल्लामा थप विद्युतको खाँचो रहेको बताउँनुभयो ।
सो अवसरमा सप्तरीका सभासदहरु मानपुर चौधरी, अशोक मण्डल अमर, उमेश कुमार यादव, सुरेन्द्र प्रसाद यादव, तेजु लाल चौधरी, गंगाराम यादव, रंजित कर्ण उपस्थिति रहेको थियो ।
त्यसपश्चात् नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा सिंचाई मन्त्री साउदले भेटघाट गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ