News Category 2071/04/28
अपाङ्गता भएका व्यक्तिहरुको दर्ता अभियान सुरु
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
सप्तरी जिल्लाको बेल्ही चपेना गाविसमा मंगलबारदेखि अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता अभियान सञ्चालन भएको छ ।
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले सञ्चालन गरेको समावेशी, जवाफदेही तथा पूर्ण शान्तिकालागि सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताउनुभयो ।
बेल्ही चपेना गाविसमा आयोजित दर्ता अभियानमा मंगलबार २५ जना अपाङ्गता भएका ब्यक्तिहरुको नाम दर्ता गरिएको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।
जिल्लाको बेल्ही चपेना, पथरगाडा, गम्हरिया प्रवाहा, ब्रहमपुर र अर्नाहा गरि पाँचवटै गाविसका अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता गरी उनीहरुलाई राज्यबाट दिइने सेवा सुविधासम्म पहुँच बढाउन दर्ता अभियान सञ्चालन गरिएको संयोजक झाले बताउनुभयो ।
यसैगरी गम्हरिया प्रवाहा र पत्थरगाडामा २८ गते, अर्नाहामा २९ गते र ब्रह्मपुरमा ३० गते दर्ता शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । सप्तरीमा हालसम्म तीन हजार ७ सय ८२ जनाले अपाङ्गता परिचय पत्र पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ