News Category 2071/04/30
कोसी नदीमा पुनः पानीको बहावमा वृद्धि, ४६ वटा ढोका खुल्ला
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ ।
बिहीबार साँझ ७ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हँुदै प्रतिसेकेन्ड ३ लाख २० हजार ३ सय २२ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिनुभयो ।
गत शनिबार साँझ ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख ५ हजार ६ सय ३० क्युसेक पानीको बहाव रहेको थियो ।
कोसी ब्यारेजमा विगत तीन वर्षकै सबै भन्दा पानीको वहाव बिहिबार रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
सन २०१० मा ३ लाख ४० हजार क्युसेक पानीको वहाव रहेको थियो ।
पानीको बहाव बढेपछि ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलिएको छ भने ५६ वटा ढोकामध्ये अहिले ४५ वटा ढोका खोलिएको छ । पानीको वहाव बढेपछि पुर्व पश्चिम राजमार्गको कोसी ब्यारेजमा बिहिबार साँझ सवारी साधन आवगमनमा समेत रोक लगाएको स्थानीयबासीहरुले बताएका छन ।
यसैबिच सप्तकोशीमा पानीको बहावमा वृद्धि भएपछि सप्तरी र सुनसरीका विभिन्न गाविसका स्थानीयबासीहरु त्रसित बनेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ