News Category 2071/04/30
कृष्ण जन्मष्टमीका लागि मुर्तिकारहरु मुर्ति बनाउन ब्यस्त
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
नजिकिदै गरेको श्री कृष्ण जन्मष्टमीका लागि यहाँका मुर्तिकारहरु मुर्ति बनाउनमा ब्यस्त छन् ।
भदौ १ गते मनाइने श्री कृष्ण जन्मष्टमी पवको अवसरमा यहाँका मुर्तिकारहरु मुर्ति बनाउँनमा दिनरात ब्यस्त छन् । सप्तरीको बनौली गाविस निवासी पर्शुराय यादव एक महिना पहिलेदेखि नै भगवान कृष्णको मुर्ति बनाउनमा ब्यस्त छन ।
सानै उमेरदेखि विभिन्न देवी देवताको मुर्ति बनाउन कला रहेको यादव अहिले श्री कृष्ण जन्मष्टमीको मुर्ति बनाउँन दिनरात कम्मर कसेर लागिपरेका छन् । मुर्ति बनाउने सीपबाट उहाँ मौसम अनुसार घरमै बसेर राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ ।
उहाँमा कृष्ण जन्मष्टमी, वडा दशै, विश्वकर्मा, सरस्वति पुजा सहित विभिन्न समयमा देवी देउताको मुर्ति बनाउन कला रहेको छ । उहाँ मौसम अनुसार विभिन्न मुर्ति बनाउने कार्यमा सक्रिय हुने गरेको र सो बाट राम्रो आम्दानी गर्दै आएको बताउँनुहन्छ ।
उहाँ सानै उमेरदेखि विभिन्न कलात्मक मुर्ति बनाउने सीप सिकेको तथा समय अनुसार मुर्ति बनाएर मासिक १० देखि २५ हजारसम्म आम्दानी समेत गर्दै आउनुभएको छ ।
उहाँ जस्तै बरही बिरपुर ७ का अर्का कलाकार जोगेन्द्र प्रसाद यादव पनि कृष्ण जन्मष्टमीको मुर्ति बनाउन दिनरात लागिपरेका छन् । उहाँ पनि सानै उमेरदेखि विभिन्न कलात्मक मुर्ति बनाउँदै आएको बताउँदै समय अनुसार विभिन्न देवी देउताको मुर्ति बनाएर राम्रो आम्दानी गर्दै आएको बताउँनुहुन्छ ।
कृष्ण जन्मष्टमीको दुई दिन बाँकी रहँदा सप्तरी सदरमुकाम राजविराज १ स्थित हटियाको राधाकृष्ण मन्दिरका साथै जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा रहेको भगवान कृष्णको मन्दिरहरु सफा गरि सजावट कार्य तिब्र रुपमा भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ