News Category 2071/04/31
लगातारको बर्षाले सयांै विगहा धान खेत डुबानमा
दैनिक संवाददाता
राजविराज, ३० साउन ।
दुई दिनदेखि लगातारको बर्षाका कारण सप्तरीमा सयौ विगहामा लगाइएको धानबाली डुवानमा परेको छ ।
सप्तरीको देउरी भरुवा गाविसस्थित पुर्व र दक्षिणी पट्टिको खाँडो बाँध भत्किदा देउरी भरुवा गाविसका साथै राजविराज नगरपालिका १० डुमरी शिवथानका सयौ विगहा खेति योग्य जमिन डुबानमा परेपछि किसानहरु चिन्तित बनेका छन् ।
वर्षाका कारण जिल्लाको दक्षिणी भेगका तिलाठी, लौनिया, सकरपुरा र रम्पुरा मल्हनिया गाविसका किसानहरुले लगाएको धानबालीमा समेत क्षति पुगेको छ ।
खाँडो खोलामा पानीको वहाव बढेपछि जिल्लाको तिलाठी, लौनिया,सकरपुरा र रम्पुरा मल्हनिया गाविसका दर्जनौ घर समेत डुबानमा परेका छन् ।
खाँडो खोलामा पानी भरिएपछि आएको बाढीले तिलाठी गाविस वडा न. १ देखि ७ सम्मका करिब सयौ परिवारका हजारौ स्थानीयबासीहरुको घर आँगन डुबानमा परेको छ ।
लगातारको वर्षाका कारण तिलाठी गाविस ५ का सहदेव लाल कामैतले खाँडो नदीमा आएको बाढीले तिलाठी गाविस वडा न. ५ का २ सय २६ घर परिवारको घर आगँनमा पानी पस्नुका साथै तिलाठी गाविस १ का २ सय २० परिवार गरी करिब एक हजार भन्दा बढीको घर डुबानमा परेको बताउनुभयो ।
त्यस्तै बाढीले लौनिया र सकरपुरा गाविस ७ को मुखिया टोलका करिब ४० परिवार समेत डुबानमा परेको प्रहरीले जनाएको छ ।
लगातारको बर्षाले आएको बाढीले राजविराज कूनौली सडक खण्ड बिहिबार दिनभरी बवरुद्ध हुदाँ सो सडक खण्डमा संचालित करिब एक दर्जन टेम्पोहरु बिच बाटोबाटै सदरमुकाम राजविराज फर्कनु परेको थियो ।
यता खाँडो खोलामा पानीको बहाव बढेपछि सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी निरीक्षक डम्बर राणाको नेतृत्वमा सशस्त्र तथा जनपद प्रहरीले दिनभरी खाँडो खोलाको बाँध भत्काएपछि शुक्रबार त्यस भेगका गाविसहरुमा पसेको पानी घटेपछि जनजीवन समान्य बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ