News Category 2071/05/03
सडक जिर्ण हु“दा स्थानीयवासीलाई आवत जावतमा समस्या
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
सप्तरीको कंचनपुर–फत्तेपुर सडकखण्ड मर्मत सम्भार हुन नसक्दा त्यस भेगका विभिन्न गाविसका हजारौ जनताले दिनहुँ सास्ती व्यहोर्नु परेको छ ।
सो सडक खण्डको करिब १३ किलोमिटर सडक जिर्ण हुँदा त्यस भेगका एक दर्जन गाविसका हजारौ जनताहरुलाई दिनहुँ सो आवत जावतमा समस्या उत्पन्न भएको हो ।
उक्त सडक खण्ड जिर्ण हुदाँ कंचनपुरका साथै धरमपुर, घोघनपुर, पिप्रापूर्व, कमलपुर, जगतपुर, ओद्राहा, फत्तेपुर सहित विभिन्न गाविसका हजारौ स्थानीयबासीहरुलाई दिनहुँ आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ । उक्त सडकले उदयपुरको बशहा, बेल्टार, रामपुर, गाईघाट, खोटाङ्ग र सुनसरीको चतरा सम्म जोड्ने काम गरेको छ ।
सामान्य वर्षामा पनि हिलोमय हुने उक्त सडक खण्ड मर्मत सम्भारका लागि गत वर्ष स्थानीयबासीहरुले विभिन्न चरणवद्ध आन्दोलन समेत गरेको स्थानीय फत्तेपुर निवासी खगेन्द्र कार्कीले बताउनुभयो । उहाँले बर्षौदेखि जिर्ण सो सडक खण्ड मर्मत सम्भारका लागि स्थानीयबासीहरुले चरणवद्ध रुपमा आन्दोलन गर्दा समेत सडक मर्मत सम्भार हुन नसकेको गुनासो पोख्नुभयो ।
जिर्ण सडक मर्मत सम्भारका लागि एडिबी, राष्ट्रिय बैंक र भौतिक योजना तथा निमार्ण मन्त्रालयलाई ठेक्का लगाएपनि स्थानीयबासीहरु बिच भएको विवादका कारण उक्त सडक निमार्ण कार्य पनि अलपत्र परेको स्थानीय पत्रकार राजकुमार पासवानको भनाई छ ।
उहाँले जिर्ण सडक मर्मत सम्भारका लागि भएको सम्झौतामा कंचनपुर पकरी चतरा सडक खण्ड नामाकरण गरिएपनि स्थानीयबासीहरुको एक पक्षले रुपनगर हुदै सो सडक निमार्ण हुनुपर्ने भन्दै आएका छन भने अर्को पक्षले कंचनपुर बेरियर हुँदै निमार्ण कार्य हुनुपर्ने अडानका कारण सो सडक निमार्ण कार्य अहिले अलपत्र परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ