News Category 2071/05/03
सडक जिर्ण हु“दा स्थानीयवासीलाई आवत जावतमा समस्या
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
सप्तरीको कंचनपुर–फत्तेपुर सडकखण्ड मर्मत सम्भार हुन नसक्दा त्यस भेगका विभिन्न गाविसका हजारौ जनताले दिनहुँ सास्ती व्यहोर्नु परेको छ ।
सो सडक खण्डको करिब १३ किलोमिटर सडक जिर्ण हुँदा त्यस भेगका एक दर्जन गाविसका हजारौ जनताहरुलाई दिनहुँ सो आवत जावतमा समस्या उत्पन्न भएको हो ।
उक्त सडक खण्ड जिर्ण हुदाँ कंचनपुरका साथै धरमपुर, घोघनपुर, पिप्रापूर्व, कमलपुर, जगतपुर, ओद्राहा, फत्तेपुर सहित विभिन्न गाविसका हजारौ स्थानीयबासीहरुलाई दिनहुँ आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ । उक्त सडकले उदयपुरको बशहा, बेल्टार, रामपुर, गाईघाट, खोटाङ्ग र सुनसरीको चतरा सम्म जोड्ने काम गरेको छ ।
सामान्य वर्षामा पनि हिलोमय हुने उक्त सडक खण्ड मर्मत सम्भारका लागि गत वर्ष स्थानीयबासीहरुले विभिन्न चरणवद्ध आन्दोलन समेत गरेको स्थानीय फत्तेपुर निवासी खगेन्द्र कार्कीले बताउनुभयो । उहाँले बर्षौदेखि जिर्ण सो सडक खण्ड मर्मत सम्भारका लागि स्थानीयबासीहरुले चरणवद्ध रुपमा आन्दोलन गर्दा समेत सडक मर्मत सम्भार हुन नसकेको गुनासो पोख्नुभयो ।
जिर्ण सडक मर्मत सम्भारका लागि एडिबी, राष्ट्रिय बैंक र भौतिक योजना तथा निमार्ण मन्त्रालयलाई ठेक्का लगाएपनि स्थानीयबासीहरु बिच भएको विवादका कारण उक्त सडक निमार्ण कार्य पनि अलपत्र परेको स्थानीय पत्रकार राजकुमार पासवानको भनाई छ ।
उहाँले जिर्ण सडक मर्मत सम्भारका लागि भएको सम्झौतामा कंचनपुर पकरी चतरा सडक खण्ड नामाकरण गरिएपनि स्थानीयबासीहरुको एक पक्षले रुपनगर हुदै सो सडक निमार्ण हुनुपर्ने भन्दै आएका छन भने अर्को पक्षले कंचनपुर बेरियर हुँदै निमार्ण कार्य हुनुपर्ने अडानका कारण सो सडक निमार्ण कार्य अहिले अलपत्र परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ