News Category 2071/05/07
मोर्चाका सेक्रेटरी कमलेशलाई सर्वस्वसहित जन्मकैद
दैनिक संवाददाता
राजविराज, ६ भदौ ।
जिल्ला अदालत सप्तरीले जनतान्त्रिक तराई मुक्ति मोर्चाका तत्कालिन सेक्रेटरी सप्तरीको रम्पुरा मल्हनिया गाविस ५ का ३८ वर्षीय कमलेश यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बद्रिप्रसाद ओलीको एकल इजलाशले कमलेश समेतले लालापट्टी गाविस २ स्थित तरही पोखरी किनारमा सप्तरीको छिन्नमस्ता गाविस १ का विजय कुमार झा र छिन्नमस्ता गाविस २ का महेन्द्र कुमार यादवलाई वि.स. २०६३ असोज २१ गते राति १२ बजे गोली हानी हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अधिवक्ता भानु निरौलाले जानकारी दिनुभयो ।
मृतक विजयका दाजु २५ वर्षीय प्रकाशचन्द्र झा र पीडित महेन्द्रका भाई २२ वर्षीय उपेन्द्र कुमार यादवले कमलेशसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०६३ असार २२ गते उजुरी दिनुभएको थियो ।
यता हत्याका अन्य आरोपितहरु तराई जनतान्त्रिक मुक्ति मोर्चाका तत्कालिन वार्ता टोली सदस्य त्रिकोल गाविस ३ का ३६ वर्षीय अमरेन्द्र गोइत, छिन्नमस्ता गाविस २ का पूर्व गाविस अध्यक्ष ५३ वर्षीय सत्यनारायण यादव, निजका भाई एवं मोर्चाका सैन्य कमाण्डर ४९ वर्षीय रामनारायण यादव, ३३ वर्षीय महेन्द्र पण्डित, ३० वर्षीय सुजित भनिने राजेश चौधरी, ५३ वर्षीय नारायण मण्डल, ६० वर्षीय दुखी शर्मा सुतिहार र छिन्नमस्ता गाविस १ का ४० वर्षीय शिवा चौधरीलाई अदालतले भदौ ५ गते सफाइ दिने फैसला गरेको छ ।
सप्तरीको रम्पुरा मल्हनिया गाविसका अध्यक्ष बद्री यादवको हत्या आरोपमा कमलेश पुर्पक्षका लागि मकवानपुर कारागार हेटौडामा र लोहजरा गाविस ८ का इस्लाम मियाँको हत्या आरोपमा सर्वस्वसहित जन्मकैद सजाय पाएका अमरेन्द्र क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ