News Category 2070/03/17
आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षणमा जोड्
दैनिक संवाददाता
राजविराज, १६ असार ।
आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ ।
आइतबार राजविराजमा सम्पन्न एक कार्यक्रममा बोल्दै बक्ताहरुले संस्कृति नरहे आदिवासी, जनजातीको अस्तित्व नै नरहने भएका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड् दिए ।
‘तराई आदिवासी जनजाती कला संस्कृतिको संरक्षण सबद्र्धन’ बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथीनेपाल आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष यमबहादुर मगरले कला र संस्कृति बिना जातजातिको अस्तित्व संकटमा पर्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिविस सप्तरीका योजना अधिकृत सुरेश राउत, नेपाल जनजाती आदिवासी महासंघका जिल्ला सचिव बृजमान तामाङ्ग, सिड नेपालका सचिव बिरेन्द्र मण्डल, मधेशी पत्रकार समाजका जिल्ला सचिव आमेन्द्र यादव, महिला आदिवासी जनजातीका जिल्ला अध्यक्ष दिलकुमारी चौधरी, आदिवासी कला संस्कृति प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम चौधरी, भीमबहादुर तामाङ्गसहितका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तराई आदिवासी कला संस्कृति प्रतिष्ठान, सप्तरीको आयोजनामा तथा लोक कल्याण नेपाल आदिवासी जनजाती गैसस सहकार्य संजाल सप्तरीको सहयोगमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।
आयोजकका जिल्ला अध्यक्ष गोपाल गुप्ताको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ