News Category 2071/05/05
भारतीय पक्षले सीमामा बा“ध बनाएका कारण तीन गाविसका एक हजार घर डुबानमा
दैनिक सम्वाददाता
राजविराज, ४ भदौं ।
खोलाको मुहानै थुन्ने गरी नेपाल भारतको सिमानामा अवस्थित सप्तरीको तिलाठी गाविस नजिकै भारतीय पक्षले सीमा क्षेत्रमा एकतर्फी रुपमा बाँध बनाएका कारण एक हजार भन्दा बढी घर डुबानमा परेका छन ।
जिल्लाको तिलाठी,लौनियाँ, सकरपुरा,रम्पुरा मल्हनियाँलगायतका गाविसका करिब एक हजारभन्दा बढी घर डुबानमा परेको स्थानीयबासीहरुले बताएका छन् ।
अविरल बर्षासँगै खाँडो खोला र जिता खोलामा आएको बाढी गाउँमा पसेपछि तिलाठी गाविसको वडा नम्बर १,२, ३ , ४,५,६ र ७ का सयौ घर डुबानमा परेको स्थानीयबासीहरुले जानकारी दिनुभयो ।
त्यस्तै खाँडो खोलाको मुहान थुनिएपछि रम्पुरा मल्हनियाँ गाविसको ५ र ६, सकरपुरा गाविसको वडा न. ७ मुखिया टोल, लौनियाँ गाविससमेत डुबानमा परेको स्थानीयबासीहरुले बताएका छन ।
विगत एक सात्ता देखिको अबिरल वर्षाका कारण जिता खोला र खाँडो खोला मिलेर बग्ने गरेको मुहान नै थुन्ने गरी भारतीय पक्षले बाँध बनाएका कारण पानीको निकास नभएर ती गाविस डुबानमा परेको तिलाठी गाविसका समाजसेवी एवं राजनितिककर्मी देवनारायण यादवले बताउनुभयो ।
उहाँले भारतीय पक्षले नेपाली भूमि डुबान हुने गरी खोलाको मुखमै बाँध बनाएका कारण बर्सेनि डुबानमा पर्दै आएपनि नेपाल सरकारको तर्फबाट कुनै पहल नभएको उहाँको गुनासो गर्नुभयो ।
घरमा पानी पसेका कारण खाना पकाउन र सुत्न बस्नसमेत समस्या भएको स्थानीयको गुनासो छ । पानी पसेका कारण घरमा भएको अन्नबाली समेत नष्ट भएको छ भने जनजीवन कष्टकर बनेको रम्पुरा मल्हनियाँ गाविसका अशोक यादवले बताउनुभयो । उहाँले बाढी नै गाउँमा पसेपछि बालबच्चालाई जोगाउनसमेत समस्या थपिएको छ ।
यता लगातार वर्षाका कारण जिल्लाको दक्षिणी भेगका तिलाठी, लौनिया, सकरपुरा र रम्पुरा मल्हनिया गाविसका किसानहरुले लगाएको सयौ विगहा धानबालीमा समेत क्षति पुगेको छ ।
खाँडो खोला र जीता खोलाको मुहान थुन्ने गरी भारतीय पक्षले बनाएको बाँध भत्काउने प्रयास नहुँदा सडकमै पानी जमेर विगत एक सातादेखि राजविराज–कुनौली सडक अवरुद्ध भएको छ ।
सो सडक अवरुद्ध हुदाँ करिब एक दर्जन टेम्पोका संचालकहरुको कमाई नै बन्द हुन पुगेको गुनासो गरेको छ ।
स्थानीय एक टेम्पो चालक जोगेन्द्र दासका अनुसार विगत एक सात्ता देखि अबिरल बर्षाका काण राजविराज कुनौली सडक खण्ड अवरुद्ध हुदाँ आफुहरुको रोजीरोटी नै चौपट भएको चिन्ता ब्यक्त गरेको छ ।
यता सो सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले डुबानमा परेको समस्याबारे जानकारी हुनासाथ प्राविधिक टोली परिचालन गरी निकासको उपाय भइरहेको बताउनुभयो ।
यसैबीच, बिहानैदेखि त्रियुगा खोलाले सप्तरीको ओद्राहा गाविस नजिकै बाँध कटान थालेपछि प्रहरीले त्यसको नियन्त्रणको काम जारी रहेको प्रजिअ यादवको कथन छ ।
ओद्राहा गाविसको वडा नम्बर ३, ४ र ५ मा त्रियुगा खोलाको बाढीले बाँधको कटान गर्न थालेपछि बाँसको भाटा र बोरामा बालुवाहालेर कटान नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिनुभयो ।
त्रियुगा खोलाको बाढीले बाँधको कटान गर्न थालेपछि त्यस भेगका विभिन्न गाविसका स्थानीयबासीहरु क्रसित बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ