News Category 2071/05/04
बोक्सीको आरोपमा दलित महिला कुटिए
दैनिक संवाददाता
राजविराज, ३ भदौं ।
सप्तरीको मलेकपुर गाविसमा एक दलित महिलालाई बोक्सीको आरोपमा आफन्तजनहरूले नै कुटपिट गरेका छन् ।
मलेकपुर गाविस ४ निवासी २३ वर्षीया रामकुमारी मरिक (डुम)लाई जेठाजु कमल मरिक (डुम), उहाँका छोरा विनोद र दिलीपलगायतले बोक्सी भन्दै निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भीर घाइते भएकी रामकुमारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जेठाजुको छोरी एक वर्षदेखि बिरामी हुने गरी टुनामुना गरेको आरोप आफूमाथि जेठाजुले लगाउने गरेको गुनासो रामकुमारीको रहेको छ ।
आफ्ना श्रीमान् रुदल मरिक कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न गएको मौका छोपी सोमबार साँझ जेठाजुसहित उहाँका छोराहरूले आफूलाई निर्घात कुटपिट गरेको अस्पतालमा उपचार गराइरहेकी रामकुमारीले जानकारी दिनुभयो । सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ