News Category 2071/05/08
““मिथिला राज्य स्थापनाका लागि सम्पूर्ण मिथिलाबासीहरुलाई एक जुट हुनु आवश्यक””
राजविराज÷मैथिल र मिथिला राज्य स्थापनाका लागि सम्पूर्ण मिथिलाबासीहरुलाई एक जुट भएर अगाडी बढनुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
“देसिल वयना सवजन मिठा” भन्ने मुल नाराका साथ शनिबार राजविराजमा आयोजित मैथिली साहित्य परिषदको १३ औं साधारण सभामा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
नयाँ बन्ने संविधानमा मैथिल र मिथिलाबासीहरुको हक अधिकार सुनिश्चितता नभए सम्पुर्ण मिथिलाबासीहरुलाई आप्mनो अधिकारका लागि एक जुट भएर आन्दोलन गर्नुपर्नेमा सहभागिहरुले जोड दिनुभयो ।
परिषदका अध्यक्ष विवेकानन्द मिश्राको अध्यक्षता तथा प्रा.डा.सुनिल कुमार झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डल, प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादव, मैथिल युवा परिषदका अध्यक्ष किशोर कुमार यादव, मैथिल महिला परिषदकी अध्यक्ष सुमित्रा दास सहितका बक्ताहरुले मिथिला राज्य स्थापनाको माँग गर्नुभएको थियो ।
सोही कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य मुरली प्रसाद यादवलाई स्व. विवेकानन्द स्मृति मैथिली पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.सुनिल कुमार झाले मिथिलाको पाग, प्रशंसा पत्र र २ हजार ५ सय नगदले पुरस्कृत गर्नुभयो । त्यस्तै सोही कार्यक्रममा मैथिल महिला परिषद सप्तरीले छेठौ साधारण सभा गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ