News Category 2071/05/11
गर्भपतन गराउने परिचारिका थापासहित तीन जनालाई तीन वर्ष कैद
दैनिक संवाददाता
राजविराज, १० भदौ ।
सप्तरी जिल्ला अदालतले १४ वर्षीया एक बालिकाको गर्भपतन गराएको आरोपमा मंगलबार तीनजनालाई ३÷३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको एकल इजलाशले राजविराज ७ की ६५ वर्षीया परिचारिका सरोज थापा, सुनसरी भोक्राहा गाविस ६ का ५५ वर्षीय डम्बर यादव र बालिकाकी आमा ४८ वर्षीया बेलीदेवी सुतिहारलाई कैद सजयको फैसला सुनाएको हो ।
यादवको करणीबाट गर्भलाई अवैध तरिकाले पतन गराउने कार्यमा संलग्न रहेको प्रमाणित हुन आएको भन्दै तीनै जनालाई तीन वर्ष कैदको सजाय सुनाएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिदै अदालतले बालिकाको हकमा १० दिनको कैद सजाय हुने ठहर गरेको बताउनुभयो ।
२०६७ चैतमा बालिकालाई आरोपित यादवले ललाइफकाई पटकपटक बलात्कार गरेपछि रहन गएको पाँच महिनाको गर्भलाई २०६८ साउन ३० गते राजविराज ३ स्थित दीपिका लामा फार्मेसीमा गर्भपतन गराइएका थिए ।
आरोपितहरुमध्ये यादव २०६८ फागुन ४ गते, बालिका २०६८ माघ २५ गते र बालिकाकी आमा सुतिहार माघ २६ गते सप्तरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । पक्राउ पुर्जी जारी भएकी आरोपित परिचारिका थापा फेला नपरेको भन्दै प्रहरीले हालसम्म तामेली पत्रसमेत बुझाएको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ