News Category 2070/03/18
मुख्य तीन दलका नेतालाई बा“ध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता छ ः गच्छदार
दैनिक संवाददाता
राजविराज, १७ असार ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले मुख्य तीन दल कसैलाई अधिकार दिने पक्षमा नरहेको भन्दै ती दलका नेताहरुलाई बाँध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता भएको बताउनुभएको छ ।
सोमबार राजविराजमा आयोजित कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन दलका नेताहरुलाई बाँध्न सक्ने एउटा शक्तिशाली पार्टी र नेताहरुको आवश्यक्ता भएको बताउनुभयो ।
‘काँग्रेस, एमाओवादी र एमाले संघियता चाहेको छैन’ उहाँले भन्नुभयो, ‘‘ती पार्टीहरुलाई ट्रयाकमा ल्याउन मुलुकमा चौथो पार्टीको आवश्यक्ता छ ।’’
मुख्य तीन दलले संघियता नचाहेकै कारण संबिधान नबनी संबिधानसभा विघटन भएको चर्चा गर्दै उहाँले तीन दलले पछाडि पारिएकालाई अधिकार दिन नचाहेकै कारण ती पार्टीका नेता, कार्यकर्ता उल्लेख्य संख्यामा आफ्नो पार्टीमा प्रवेश गरिरहेको बताउनुभयो ।
मंसिर ४ गते हुन गइरहेको संबिधानसभाको निर्वाचनले संबिधान बन्ने विश्वास व्यक्त गर्दै उहाँले संघियतासहितको संबिधान जनताको इच्छा भएका कारण जनता चुनावमा गएर संघियताबिरोधीहरुलाई तह लगाउने बताउनुभयो । असन्तुष्ट दलहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै उहाँले मुलुककै निकासका लागि आफूहरुले सत्ताको त्याग गरेको बताउनुभयो ।
अर्काे प्रसङ्गमा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनुभएका गच्छदारले ३ बर्ष ११ महिनामै आफ्नो पार्टी मुलुककै निर्णयक तहमा पुगेको बताउँदै उहाँले यस पटक पनि जनताले आफ्नो पार्टीलाई अत्यधिक मत दिने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस, एमाले, एमाओवादीसहित बिभिन्न पार्टी परित्याग गरी एक सय जना फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष गच्छदारसहितका नेताहरुले स्वागत गरेका थिए ।
फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शैलेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बिभिन्न नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ