News Category 2070/03/18
मुख्य तीन दलका नेतालाई बा“ध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता छ ः गच्छदार
दैनिक संवाददाता
राजविराज, १७ असार ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले मुख्य तीन दल कसैलाई अधिकार दिने पक्षमा नरहेको भन्दै ती दलका नेताहरुलाई बाँध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता भएको बताउनुभएको छ ।
सोमबार राजविराजमा आयोजित कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन दलका नेताहरुलाई बाँध्न सक्ने एउटा शक्तिशाली पार्टी र नेताहरुको आवश्यक्ता भएको बताउनुभयो ।
‘काँग्रेस, एमाओवादी र एमाले संघियता चाहेको छैन’ उहाँले भन्नुभयो, ‘‘ती पार्टीहरुलाई ट्रयाकमा ल्याउन मुलुकमा चौथो पार्टीको आवश्यक्ता छ ।’’
मुख्य तीन दलले संघियता नचाहेकै कारण संबिधान नबनी संबिधानसभा विघटन भएको चर्चा गर्दै उहाँले तीन दलले पछाडि पारिएकालाई अधिकार दिन नचाहेकै कारण ती पार्टीका नेता, कार्यकर्ता उल्लेख्य संख्यामा आफ्नो पार्टीमा प्रवेश गरिरहेको बताउनुभयो ।
मंसिर ४ गते हुन गइरहेको संबिधानसभाको निर्वाचनले संबिधान बन्ने विश्वास व्यक्त गर्दै उहाँले संघियतासहितको संबिधान जनताको इच्छा भएका कारण जनता चुनावमा गएर संघियताबिरोधीहरुलाई तह लगाउने बताउनुभयो । असन्तुष्ट दलहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै उहाँले मुलुककै निकासका लागि आफूहरुले सत्ताको त्याग गरेको बताउनुभयो ।
अर्काे प्रसङ्गमा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनुभएका गच्छदारले ३ बर्ष ११ महिनामै आफ्नो पार्टी मुलुककै निर्णयक तहमा पुगेको बताउँदै उहाँले यस पटक पनि जनताले आफ्नो पार्टीलाई अत्यधिक मत दिने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस, एमाले, एमाओवादीसहित बिभिन्न पार्टी परित्याग गरी एक सय जना फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष गच्छदारसहितका नेताहरुले स्वागत गरेका थिए ।
फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शैलेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बिभिन्न नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ