News Category 2071/05/11
महिला हिंसा न्युनिकरणका लागि राज्य गम्भिर बन्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, १० भदौ ।
तराई मधेशमा बोक्सी लगायत महिलामाथी हुने विभिन्न हिंसाका घटनाहरु बृद्धि भइरहेकोले त्यसलाई न्युनिकरणका लागि राज्य गम्भिर बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
मानवअधिकार तथा ग्रामिण युवा परिवर्तन हुर्क नेपाल राजविराजको सहयोग तथा महिला वुमन एक्ट, सामुदायिक सारथी काठमाण्डौको आयोजनामा मंगलबार को.बरसाईन गाविसमा आयोजित कानुन निमार्ण प्रकृयामा युवा तथा महिला केन्द्रित विधायकी टाउन हल मिटिङ्गमा सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
बोक्सी सम्बन्धि कसुर र सजाय कार्यविधि ऐन २०७१ को संशोधन गर्न बनेको विधेयक मस्यौदा २०७० माथि विधायकी छलफल कार्यक्रममा सहभागिहरुले मुलुकभरीमा दिन प्रतिदिन विभिन्न बहानामा महिलामाथि हिंसा बढ्दै गएकाले त्यसलाई जडैबाट उन्मुलन गर्नका लागि राज्यले कडा कानुनको ब्यवस्था गर्नुपर्ने बताएका छन् ।
महिला माथि अमानसिक व्यवहार गरी महिलाको अस्मिता, इज्जत, मानसम्मानहनन् गर्नु मानवअधिकार विरुद्धको अपराध रहेको बताउँदै सहभागिहरुले बोक्सी जस्तो अन्धविश्वास, रुढीबादी, आधारहिन कुरामा विश्वास गरी नारी अस्मिता सित खेलवाड गर्ने समाज असभ्य, अशिक्षित र वर्वर समाजनै बनेकोले यस्तो रुढीवादी, अन्धविश्वासलाई गाउँ नगर र देशबाट उन्मुलन गर्नुपर्नेमा जोड दिएका छन् ।
हुर्क नेपालका अध्यक्ष पार्थो सरकारको अध्यक्षता तथा उपस्वास्थ्य चौकी को.बरसाईनका सिनियर अहेब नन्दन रायको प्रमुख आतिथ्य एवं पत्रकार शुभ नारायण यादवको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रममा शिब शक्ति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल नन्दन रजक, विद्या सागर स्कुलका शम्भु साह सहितका बक्ताहरुले बोक्सी कुप्रथालाई समाजबाट उन्मुलन गर्नुपर्ने बताउँनुभयो ।
सोही कार्यक्रममा वुमन एक्टका सहजकर्ताद्धय उमा सिवाकोटी र दिनेश राईले सजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा को. बरसाईन गाविसका विभिन्न निकायका करिब तीन दर्जन ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ