News Category 2071/05/12
मधेशी महिलाहरुले सामुहिक रुपमा दर खाएर तीज मनाउ“दै
दैनिक संवाददाता
राजविराज, ११ भदौ ।
मधेशी महिलाहरुले राजविराजमा बुधबार सामुहिक रुपमा दर खाएर तीज महोत्सवको आयोजना गरेको छ ।
सौन्दर्य ब्युटी पार्लरकी संचालक चन्दा दासको नेतृत्वमा राजविराजमा मधेशी महिलाहरुले सामुहिक रुपमा दर खाएर तीज महोत्सवको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
महिलाहरु एक ठाउँका भेला भई सामुहिक रुपमा दर खाई नाचगान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी तीज मनाइएको पार्लरकी संचालक दासले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि मिरा गुप्ताले सामाजिक र धार्मिक एकताको लागि पहिलो पटक यसरी हिन्दु महिलाहरु एक ठाउँमा भेला भई सामुहिक रुपमा दर खाएर तीज महोत्सव मनाएको बताईन ।
नवविवाहित महिलाहरुले श्रीमान र बालबच्चाको लामो आयुको कामना तथा अविवाहित महिलाहरुले राम्रो पति पाउँने धार्मिक जनविश्वासका साथ वर्षमा एक पटक तीज पर्व गर्ने गरेको कार्यक्रमका सअभागि अर्का महिला सुनिता जोन्छेको भनाई छ ।
तीज पर्वमा महिलाहरुले दिनभरी उपवास बस्ने तथा विभिन्न नाचगानको आयोजना गरी तीज पर्व मनाउँने गरिन्छ । तीजको अवसरमा व्रतालु महिलाहरुले शिब भगवानको पुजा गर्नेगर्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ