News Category 2071/05/15
बोक्सीको घटना जिल्ला प्रहरी कार्यालयमा मिलापत्र
राजविराज÷सप्तरीको मलेकपुर गाविस ४ की २५ वर्षीया रामकुमारी मरिकलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने आरोपितहरुबाट ५ हजार १ सय क्षतिपूति दिलाएर जिल्ला प्रहरी कार्यालयमा सहमति गरिएको छ ।
प्रहरी, प्रशासन, एकद्धार संकट व्यवस्थापन केन्द्र सबैतिर हारगुहार गर्दा पनि १२ दिनसम्म प्रहरीले कारबाही प्रकृया अगाडि नबढाएपछि आरोपितहरुबाट क्षतिपूति उपलब्ध गराएर सो घटना मिलापत्रमा टुङग्याइएको हो ।
प्रहरीले कारबाही प्रकृया नबढाएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा आरोपितहरुले क्षतिपूति दिर्ने र अब आइन्दा बोक्सीको आरोपमा कुटपिट नगर्ने लिखित कागज गरेपछि मुद्दा फिर्ता लिएको पीडितका पति ५२ वर्षीय रुदन मरिकले जानकारी दिनुभयो ।
पीडितलाई देउरानी ४५ वर्षीया अरहुलियादेवी मरिक, निजका छोराहरु ३० वर्षीय दिलिप मरिक र २२ वर्षीय विनोद मरिक, छोरी २० वर्षीया मुतिर्देवी, निजका ससुरा बभनगामा कट्टी गाविस तोपाका ५० वर्षीय भुपट मरिकले कथित बोक्सीको आरोपमा दुव्र्यवहार गर्दै भदौ २ गते साँझ ५ बजे कुटपिट गरी घाइते बनाएका थिए ।
टुनामुना गरी आरोपित मूर्तीदेवीलाई बिरामी बनाएकोले सन्तान नभएको भन्दै आरोपितहरुले पीडितलाई निको पार्न दवाव दिँदै कुटपिट गरेको पीडितले आरोप लगाएकी थिइन् ।
कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । महिला सेलका इन्चार्ज असई हरीमाया श्रेष्ठले स्थानीयवासीको पहलमा दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ