News Category 2071/05/16
युरिया मल नपाएको भन्दै किसानहरुद्वारा विरोध प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १५ भदौ ।
वर्षेनी सप्तरीमा मल खाद्यको अभावमा किसानहरु मर्कामा पर्ने गरेका छन् । समयमा मल खाद्य नपाउँदा आइतबार सप्तरीका किसानहरु अक्रोसित हुँदै सदरमुकाम राजविराजमा नारा जुलुस गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
धानबालीमा आवश्यक पर्ने रासायनिक मल युरिया नपाएपछि गाउँ गाउँबाट आएका किसानहरुले जिल्ला कृषि विकास कार्यालय र कृषि सामग्री संस्थान अगाडि प्रदर्शन गर्दै राजविराजस्थित गजेन्द्र चौक हुँदै रुपनी मोडसम्म बिरोध प्रदर्शन गरेका थिए । सोही क्रममा रुपनी मोडमा अक्रोसित किसानहरुले चक्काजाम गर्न खोज्दा प्रहरीले लाठ्ठी चार्ज गरि उनीहरुलाई तितर बितर गरेका थिए ।
जिल्लाको मलेठ, रायपुर, बक्धुवा, बसबिट्टी, खोक्सर प्रवाहा, शम्भुनाथ, कल्याणपुर, १ नं योगिनियाँ, पकरी, डिमन, गोइठी, त्रिकौललगायत गाविसबाट आएका किसानहरुले समयमा वर्षा नभएपछि जसोतसो धान रोपाई गरेपछि अहिले आएर मल खाद्य समेत उपलब्ध गराउन नसकेको भन्दै बाध्यताले बिरोध गर्नुपरेको बताएका छन् ।
रायपुर ८ का रामदेव यादवले रासायनिक मलको अभावले गर्दा रोपिएको धान समेत बिग्रन लागेको भन्दै पाएको मलमा पनि व्यापक कालोबजारी हुने गरेको गुनासो गर्नुभयो ।
एक सातादेखी जिल्लामा युरिया मलको अभाव रहेको भन्दै सो मलका लागि सदरमुकाम धाँउदासमेत मल पाउन नसकेको उहाँले गुनासो पोख्नुभयो ।
यता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आ–आफ्ना डिलरलाई रासायनिक मल उपलब्ध गराइँदै आएकामा केही सातादेखि चरम अभाव भएको छ ।
यस्तै कृषि सामग्री कम्पनीका राजविराजस्थित शाखा प्रमुख कमल पोखरेलले तीन दिनअघि विराटनगरबाट एक हजार ४०० बोरा मात्र यूरिया आएकाले वितरण गर्न असहज भइरहेको बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख अशोक कुमारदास यादवले तत्काल ५ हजार बोरा युरिया मल जिल्लामा आयात भएपछि मात्र किसानहरुले केही राहत पाउने बताउँदै जिल्लामा १० हजार मेट्रिक टन मल भित्रिएपछि मात्र मलको अभाव सहज हुने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “बाटो अवरुद्ध भएका कारणले केही समययता सप्तरी लगायत अन्य जिल्लामा पनि मल खाद्य आउन नसक्दा अभाव भएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ