News Category 2071/05/18
अमरेन्द्र र सुरेन्द्रलाई र्सवस्वसहित जन्मकैद
दैनिक संवाददाता
राजविराज, १७ भदौ ।
जिल्ला अदालत राजविराजले तराई जनतान्त्रिक मुिक्त मोर्चाका तत्कालिन वार्ता टोली सदस्य अमरेन्द्र गोइत र सुरेन्द्र गोइतलाई र्सवस्वसहित जन्मकैदको फैसला गरेको छ ।
सप्तरीको लोहजरा गाविस २ का ६० वर्षीय झरीलाल कुसियत यादवको अपहरण गरी हत्या गरेको आरोपमा मोर्चाका सदस्य सप्तरीको त्रिकोल गाविस ३ का ३३ वर्षीय अमरेन्द्र गोइत र त्रिकोल गाविस ५ का ३१ वर्षीय सुरेन्द्र गोइत यादवलाई जिल्ला अदालतले र्सवस्वसहित जन्मकैदको फैसला गरेका हो ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोपितहरुलाई यादवको अपहरण गरी गोली हानी हत्या गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
अदालतले आरोपितहरु लोहजरा गाविस २ का ३० वर्षीय शिवनारायण यादव, ३३ वर्षीय जोगिया भनिने जोगेन्द्र मरिक यादव, लोहजरा गाविस ४ का ३१ वर्षीय बिरेन्द्र गुरमैता यादव, ६५ वर्षीय रबी मरिक, लोहजरा गाविस–६ का ३४ वर्षीय सत्यनारायण यादव र डाढा गाविस ५ का २७ वर्षीय नागेश्वर गिरीलाई ३÷३ वर्षकैद सजायको फैसला सुनाएको छ ।
हत्याका अन्य आरोपित जिल्लाको मोहनपुर गाविस–३ का २८ वर्षीय उमेश रामले सफाई पाएका छन् भने फरार रहेका आरोपितहरु त्रिकोल गाविस ४ का मोर्चाका कमाण्डर जयप्रकाश यादव र लोहजारा गाविस २ का ६० वर्षीय रामेश्वर बिराजी यादवको मुद्दा मुल्तवी राखिएको छ ।
आरोपितहरुले पीडितको ०६५ मंसिर २ गते अपहरण गरी गोली हानी हत्या गरेका थिए । पीडितको घरदेखि २ किलोमिटर दक्षिण खाल्डोमा फालेको अवस्थामा ०६५ मंसिर ३ गते लास फेला परेको थियो ।
यसैबिच जिल्ला अदालतको आदेशले आरोपितहरु अमरेन्द्र र सुरेन्द्र ०६७ चैत १७ गतेदेखि, शिवनारायण र जोगेन्द्र ०६७ जेठ १२ गतेदेखि तथा नागेश्वर ०६८ माघ २५ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् । सप्तरीपछि जिल्ला कारागार रामेछाप र उदयपुरमा थुनामा राखिएका आरोपित अमरेन्द्र हाल क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा छन् भने सुरेन्द्र, शिवनारायण, जोगेन्द्र र नागेश्वर राजविराज कारागारमा थुनामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ