News Category 2071/05/18
“इस्टिमेट भन्दा बढी काम सहनिय”
दैनिक संवाददाता
राजविराज, १७ भदौं ।
वर्षैदेखी सडक विहीन रहेको सप्तरीको बिरौल–डुमरी–देउरी भरुवा–फर्सैठ कृषि सडक खण्डमा अहिले बटो निर्माण भएपछि त्यस भेगका जनतालाई आवत जावत गर्न सुविधा भएको छ ।
आव २०७०÷७१ मा जिल्ला विकास समिति सप्तरीले सो सडक खण्डका लागि निकासा गरेको करिब साढे ८ लाख रकमबाट सो सडकमा केही भाग ग्राभेल र माटोको काम गरिएको छ ।
निकासा गरिएको रकमबाट ८ सय ६० मिटर लम्बाई सडक निर्माण गर्नुपर्नेमा गठित उपभोक्ता समितिले १ हजार २ सय मिटर बाटो निर्माण गरेको अध्यक्ष सलिम मियाँ अन्सारीले जानकारी दिनुभयो ।
बिरौलदेखी राजविराज नगरपालिका वडा न १० स्थित डुमरी शिवथानसम्म ७२ मिटर माटोको काम र ८२ मिटर सडकमा ग्राभेलको काम भएको उपभोक्ता समिति अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।
यस्तै सभासद् रन्जु ठाकुरको संसदीय विकास कोषबाट २ लाख र जिविस सप्तरीको १ लाख ९३ हजार रकमको सहयोगमा डुमरी शिवथानस्थित बिराजीको घरदेखी गुरुदयाल साहको पोखरीसम्म ४ सय मिटर सडकमा समेत माटोको काम गरिएको छ । सो रकम २ सय २५ मिटर सडक निर्माणको इस्टिमेट गरिएकोमा स्थानियहरुको सहयोगले गर्दा ४ सय मिटर सडक निर्माण गरिएको अध्यक्ष अन्सारीको दाबी रहेको छ ।
यता निर्माण गरिएको सडकहरुको जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट गएको अनुगमन टोलीले अनुगमन समेत गरेको छ । निर्माण भएको सडकको अनुगमन पश्चात् जिल्ला विकास समिति प्राविधिक कार्यालयका डिभिजन इन्जिनियर किशोर साहले भन्नुभयो, “उपभोक्ता समितिले गरेको काम सहनिय रहेको भन्दै जिविसले इस्टिमेट गरेको भन्दा बढी काम भएकोले पनि यो जिल्ला कै नमुना काम भएकोले यसमा कुनै विवाद छैन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ