News Category 2071/05/18
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना गम्भिर
दैनिक संवाददाता
राजविराज, १७ भदौ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन ।
सिरहाको बन्दीपुरबाट सुनसरीको धरानतर्फ जादै गरेको स.१ च ७४३ नम्बरको एम्बुलेन्सको ठक्करबाट खोक्सर प्रवाहा गाविस १ की ५७ वर्षिया लुकन देवी साह तेलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरामी परेकी महिलालाई ठेलामा लिई उनका आफन्तजनले उपचारको लागि युनिक अस्पताल ल्याउँदै गर्दा शम्भुनाथ १ स्थित सडक खण्डमा अचानक एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट ठेला चालक रायपुर गाविसका ५५ वर्षिय राजाराम यादव र मृतक महिलाकी छिमेकी खोक्सर प्रवाहा धिरेन्द्र साह तेली गम्भिर घाईते भएको छ । घाईते दुवै जनाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको तथा ठक्कर दिने एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ