News Category 2071/05/19
युरिया भित्रिन थालेपछि किसानलाई राहत प्रहरीको लाठ्ठी चार्जबाट किसानको टाउ“को फुट्यो
दैनिक संवाददाता
राजविराज, १८ भदौ ।
राजविराज हटियास्थित एक मलखाद्य डिपोमा बुधबार दिउँसो एक बोरा युरिया मल खरीद गर्न आएका एक जना किसानको प्रहरीले गरेको लाठ्ठी चार्जबाट टाउँको फुटेको छ ।
सप्तरीको हरिहरपुर गाविस ९ निवासी गोरखनाथ चौधरीको राजविराज हटियास्थित एक मलखाद्य डिपोमा लाईनमा बसेको बेला प्रहरीले गरेको लाठ्ठी चार्जबाट टाउको फुटेको हो ।
टाउको फुटेपछि उनी तत्कालै अस्पतालमा उपचार गराएर फर्किएपछि डिपो मालिकले तुरुन्त ९ सय ७० रुँपैया लिएर मल उपलब्ध गराएको पीडित चौधरी जानकारी दिनुभयो ।
यसैबीच रासायनिक मल युरिया सप्तरी र सिरहा जिल्लामा भित्रिन थालेपछि किसानले राहत अनुभूति गरेका छन् ।
ती दुवै जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले पाँच–पाँच हजार बोरा र साल्ट ट्रेडिङ लिमिटेडले एक हजार बोरा युरिया वितरणका लागि पु¥याएपछि किसानले खेतीको सिजनमा सजिलै मल प्राप्त गर्न थालेका हुन् ।
साल्ट ट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाले सप्तरी जिल्लास्थित कार्यालयबाट मंगबारदेखि १ हजार बोरा युरियाको वितरण कार्य धमाधम भइरहेको र यस कार्यालयबाट मोरङ र सुनसरीका लागि पनि वितरण भइरहेको जानकारी दिनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरको कोलकत्ताबाट दुई दिनमा ढुवानी भएका एक हजार ६०० बोरा युरिया, झापा, मोरङ र सुनसरी जिल्लामा वितरण भइरहेको र बुधबार पुनः पाँच मालबाहक ट्रकमा मल भित्रिने कार्यालय प्रमुख पुण्यप्रसाद घिमिरेले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढमा बाढीका कारण असार २९ गते पुल धसिएपछि आवागमनमा अवरुद्ध भइ यतिखेर मालबाहक गाडीबाट सो ठाउँमा मल थुपारिएर पुनः अन्य माध्यमबाट पुल पार गराएर ढुवानी गरिने व्यवस्था मिलाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ