News Category 2071/05/20
मन्दिर समितिलाई संस्थामा दर्ता गराउन प्रजिअ यादवको निर्देशन
दैनिक संवाददाता
राजविराज, १९ भदौ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले दशै आउनु भन्दा अगावै प्रसिद्ध छिन्नमस्ता शक्तिपिठको मन्दिर संरक्षण समितिलाई अनिवार्य रुपमा संस्थालाई दर्ता गराउँन निर्देशन दिनुभएको छ ।
मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी मन्दिरको आर्थिक वर्ष २०७०÷०७१ को आय व्यय सार्वजनिक कार्यक्रममा बिहिबार प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले मन्दिरलाई जाड, रक्सी मुक्त क्षेत्र बनाउँनुपर्नेमा जोड दिनुहुदै बेलुकी ५ बजेपछि मन्दिरमा जाँड रक्सी सेवन गरी मन्दिर परिसरमा प्रवेश गर्ने जो सुकै ब्यक्तिलाई आवश्यक छानविन गरी मदिरा ऐन अन्तर्गत कानुनी कार्बाही गर्ने बताउँनुभयो ।
साथै मठ मन्दिर र मन्दिर समितिको नाउँमा रहेको खाता एक साताभित्र २ वटा खाता मात्र संचालन गर्न मन्दिर संरक्षण समितिलाई निर्देशन समेत दिनुभएको छ ।
कार्यक्रममा संघीय समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य विद्यानन्द चौधरीले मन्दिरको बार्षिक ३ करोड आम्दानी रहेको दावी गर्दै आय व्यय ८८ लाख मात्र गरेकोमा दुश ब्यक्त गर्नुहुदै युवाको नेतृत्वमा छिन्नमस्ता मन्दिर शक्तिपिठलाई विकासीय कार्यलाई अगाडी बढाउँनुपर्ने विचार ब्यक्त गर्नुभयो ।
त्यस्तै सोही कार्यक्रममा स्थानीय व्यापारी शंकर चौधरीले मन्दिरका पिठाधिश महाकान्त ठाकुर गाविस सचिव जस्तै मन्दिरलाई एक लौटि रुपमा संचालन गर्दै आएको आरोप समेत लगाउनुभयो । मन्दिरको आय व्यय सार्वजनिक गर्ने बारेमा स्थानीयबासीहरुलाई केही जानकारी नरहेको दावी गर्दै चौधरीले अगामी दिनहरुमा यी यस्ता कमि कमजोरीहरुलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । साथै पिठाधिशले ५० लाख रकम स्थानीय व्यापारीहरुसाग सम्भmौता गरीएको तथा सो सम्झौतामा तीन महिना भित्र उक्त सेड व्यापारीहरुलाई हस्तानान्तरण गर्ने भनिएपनि हाल सम्म नगरेको गुनासो गर्नुभयो ।
मन्दिरका पिठाधिश एवं छिन्नमस्ता भगवति संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष महाकान्त ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा सगरमाथा अंचल प्रहरी कार्यालयका एसएसपी श्याम खत्री, राष्ट्रिय अनुसन्धानका एसपी ओम प्रकाश जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, प्रेस स्वतन्त्रता सेनानाी वैजनाथ झा, एमाओवादीका तेज नारायण यादव, छिन्नमस्ता ५ का बिरेन्द्र यादव, छिन्नमस्ता गाविसका सामाजिक परिचालक दिपक कुमार यादव सहितकाहरुले प्रसिद्ध छिन्नमस्ता मन्दिरलाई विश्व सम्पदाको सुचिमा छिन्नमस्ता सखडेश्वरी मन्दिर पुगौस भन्ने कामना गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ