News Category 2071/05/20
बोलबम हिडेको बस खा“डो खोला नजिक दुर्घटना
दैनिक संवाददाता
राजविराज, १९ भदौं ।
बोलबमको लागि सप्तरीको रायपुर गाविसस्थित रुपनी बजारबाट छुटेको बस बिहिबार साझँ दुर्घटना हुदाँ त्यसमा सवार करिब पाँच दर्जन तिर्थालुहरु घाईते भएका छन ।
ना.४ ख ११०३ नम्बरको ज्वाला ट्राभल्स नामक तिर्थालु बोकेको बस रुपनीबाट हिडेको तथा रायपुर गाविस स्थित खाँडो खोला नजिक अचानक दुर्घटना हुदाँ त्यसमा सवार पाँच दर्जन भन्दा बढी तिर्थालुहरु घाईते भएका छन् जसमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा समान्य घाईते भएकाहरुको स्थानीय युनिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
गम्भिर घाईते हुनेहरुमा जिल्लाकै रायपुर गाविस ८ का डा. अनिल यादव, सोही ठाउँका सुर्य नारायण यादव, बाल कुमारी यादव र मुजे पासवान रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईतेहरुको तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याईएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान र विराटनगर पठाएको अस्पतालले जनाएको छ ।
यसैबिच दुर्घटनामा गम्भिर घाईते भएकाहरुलाई तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएपनि अस्पताल प्रशासनले समयमा बिरामीहरुलाई चेकजाच नगर्दा स्थानीयबासी र अस्पताल प्रशासनका कर्मचारीबिच केही बेर भनाभन समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ