News Category 2071/05/20
बोलबम हिडेको बस खा“डो खोला नजिक दुर्घटना
दैनिक संवाददाता
राजविराज, १९ भदौं ।
बोलबमको लागि सप्तरीको रायपुर गाविसस्थित रुपनी बजारबाट छुटेको बस बिहिबार साझँ दुर्घटना हुदाँ त्यसमा सवार करिब पाँच दर्जन तिर्थालुहरु घाईते भएका छन ।
ना.४ ख ११०३ नम्बरको ज्वाला ट्राभल्स नामक तिर्थालु बोकेको बस रुपनीबाट हिडेको तथा रायपुर गाविस स्थित खाँडो खोला नजिक अचानक दुर्घटना हुदाँ त्यसमा सवार पाँच दर्जन भन्दा बढी तिर्थालुहरु घाईते भएका छन् जसमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा समान्य घाईते भएकाहरुको स्थानीय युनिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
गम्भिर घाईते हुनेहरुमा जिल्लाकै रायपुर गाविस ८ का डा. अनिल यादव, सोही ठाउँका सुर्य नारायण यादव, बाल कुमारी यादव र मुजे पासवान रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईतेहरुको तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याईएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान र विराटनगर पठाएको अस्पतालले जनाएको छ ।
यसैबिच दुर्घटनामा गम्भिर घाईते भएकाहरुलाई तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएपनि अस्पताल प्रशासनले समयमा बिरामीहरुलाई चेकजाच नगर्दा स्थानीयबासी र अस्पताल प्रशासनका कर्मचारीबिच केही बेर भनाभन समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ