News Category 2078/07/11
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
राजविराजमा जारि मिथिला कप सिजन ३ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको बिहिवार सम्पन्न खेलमा बजाज युथ क्रिकेट एकेडमी तथा छिन्नमस्ता बरही सप्तरी सेमिफाईनलमा प्रवेश गरेको छ ।
युवा शक्ति ष्स्क्लिव बिष्णुपुरद्वारा आयोजित उक्त प्रतियोगिताको पहिलो खेलमा टस जितेर रौतहट ११ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाई ९५ रनको योगफल खडा गरेको थियो । जसमा शनि साह २६ रन, नितेश यादब १५ रन अविजित र सुमित यादबले ११ रन जोडेका थिए । बलिँगतर्फ बजाजका बसिर अहमद ३, अनिल खरेल २ तथा राहुल मण्डल र बिबेक यादब १/१ बिकेट हात पारेका थिए ।
जवाफमा बजाज ले १२ ओभरमा ७ बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा बिबेक यादब ३६ राहुल मण्डल १५ अविजित र आशिष झा ले १७ रन जोडेका थिए । बलिँगतर्फ रौतहटका जितेन्द्र मुखिया ३, रंजित मुखिया २ र राजेश झा १ बिकेट लिएका थिए भने खेलको म्यान अफ दि म्याच बिजय टिमका बिबेक यादब घोषित भएको आयोजक समितिका उदित यादबले जानकारी दिए ।
यस्तै बिहीबारै सम्पन्न दोश्रो चरणको खेलमा लहान क्रिकेट क्लब र छिन्नमस्ता बरही सप्तरीविचको खेलमा लहानले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर १ सय रन बनायो । सोही खेलमा जित हाँसिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रेका छिन्नमस्ता टिमले १२ ओभरमै ३ विकेट मात्र गुमाएर १ सय ३ रन बनाउदै विजयी हासिल गर्यो ।
सो खेलमा आदिल अंसारीको विस्फोटक ब्याटिङले छिन्नमस्ता टिम विजय भएको खेलका प्राविधिक उदित यादवले जानकारी दिए । सो खेलमा छिन्नमस्ता टिमका आदिल असांरी घोषित भएको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ