News Category 2078/07/16
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
राजविराजमा संचालित सिजन ३ मिथिला कप क्रिकेट प्रतियोगिताको उपाधी पर्साले हात पारेको छ ।
सोमबार राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली छिन्नमस्ता स्पोर्टस क्लब बरहीविरपुर सप्तरीलाई ५९ रनले हराउँदै युनाइटेड क्रिकेट क्लब पर्साले उक्त उपाधी हात पारेको हो । उपाधीसँगै पर्साले नगद एक लाख पनि पाएको छ ।
टस हारेर ब्याटिङ गर्ने अवसर पाएको पर्साले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । पर्साका लागि सन्तोष कार्कीले सर्वाधिक ३९, सैफअली हवारीले ३३, नरेश गिरीले २७ र इमरान शेखले १८ रनको योगदान दिएका थिए । बलिङतर्फ सप्तरीका उपेन्द्र रायले ३, महबुब आलम र दिनेश अधिकारीले समान २÷२ विकेट लिएका थिए ।
एक सय ६२ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रेको सप्तरीले १८ दशमलव ५ ओभरमै १ सय २ रन मात्र बनाउन सफल भएको थियो । सप्तरीका लागि रोहन बिक सर्वाधिक ३५, हासिम अन्सारी १८, सेना अनसारी १७ र आदिल अनसारीले १३ रनको योगदान दिएका थिए ।
पर्साका लागि घातक बलिङ गर्दै राजा मंसुरीले ४ र अल्फाज मन्सुरीले ३ विकेट लिएका थिए । यस्तै नरेश गिरी र इमरान शेखले समान १÷१ विकेट बाडेका थिए ।
फाइनल खेलको म्यान अफ दि म्याच राजा मन्सरी घोषित भए । यस्तै छिन्नमस्ता स्पोर्टस क्लब सप्तरीका आदिल अन्सारी म्यान अफ दि सिरिज घोषित भए । बेष्ट बलरमा रन्जितपुर राइडर्स सप्तरीका बिक्रान्त देव र बेष्ट ब्याट्सम्यानमा सोही टिमका पंकज देव घोषित भए ।
प्रतियोगिता समाप्तिपछि आयोजक यूवा शक्ति क्लब बिष्णुपुरका अध्यक्ष रबिन्द्र यादवको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका प्रमुख निलाम्बर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बिजेता उपबिजेता टिमलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ