News Category 2078/07/22
लौकाको मुल्य ३ सय ५० !
चाड पर्व अन्तरगत अन्तिम पर्व छठ पर्वको पूर्वसन्ध्यामा अहिले सप्तरीमा तरकारीको मुल्यमा अधिक्तम बृद्धि भएको छ । छठ पर्व अन्तरगत नहाई खाईको दिन महत्वपूर्ण मानिने लौकाको मुल्य जिल्लामा कहिले नसुनेको २ देखी ३ सय ५० प्रति गोटा रहेको छ । अन्य दिन लौकाको मुल्य सामान्यता ५० देखी १ सय सम्म रहेकोमा एक्कासी बृद्धि भएपछि उपभोक्ताहरु चकित भएका छन् ।
यसरी लौकामा भएको मुल्य बृद्धिले राजविराज हटिया बजारको सबै रेकर्ड समेत तोडेको छ । यो अस्वभाविक मुल्य हो । यसले तरकारी व्यापारीहरुको मनोमानी बढेको छ । आफ्नो खुशी मुल्य बृद्धि गरेर उपभोक्तालाई बाध्य पार्ने काम गरेको छ । छठ जस्तो पर्वमा लौकाको महत्वको फाइदा उठाएर गर्ने मनोमानीप्रति अनुगमन समिति निकम्मा बनेको छ । नाम मात्रको अनुगमन गरेर अन्य बेला जनतालाई देखाउने काम मात्र गरेको अनुमगन समितिले चाहिने बेला अनुमगन र मुल्य नियन्त्रणतर्फ ध्यान दिन नसकेको यस्ता समितिको औचित्य प्रति प्रश्न चिन्ह समेत खडा भएको छ ।
चाड पर्वको समयमा तरकारीको मुल्यलाई नियन्त्रण गर्नेतर्फ गम्भिर ध्यान पु¥याउनु आवश्यक छ । एक त चाड पर्वमा खर्च बढी हुने त्यसमा पनि तरकारीमा मुल्य बृद्धिले झनै उपभोक्ताको ढाड सेकिन्छ । तसर्थ यस्ता क्रियाकलाप प्रति बजार अनुगमन समिति समेतको गम्भिर ध्यान पुग्नु आवश्यक छ भने तरकारीको ठेकेदार भन्ने व्यवसायीहरु पनि उपभोक्ताको बजेटलाई ध्यानमा राखि सहुलियत दर तोक्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ