News Category 2071/05/22
चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको पीडितको आरोप
राजविराज÷स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकको लापरवाहीको कारण एक ५ वर्षीय वालकको अकालमै मृत्यु भएको भन्दै मृतकका आफन्तजनले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
सप्तरीको कुशाहा गाविस ७ अर्नाहा गाँउ बस्ने अनिल रायका छोरा पाँच वर्षीय अभिषेकको बचिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले यस्तो चेतावनी दिएका हुन् ।
नेपाल पत्रकार महासंघमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षीय वालक अभिषेकलाई गत मंगलवार विषालु सर्पले टोकेपछि समयमै उपचारका लागि आकस्मिक कक्षमा भर्ना गरिएको थियो । पत्रकार सम्मेलनमा मृतकका मामा सञ्जय रायले भने अस्पतालमा चिकित्सकको सट्टा सिकारु अहेवहरुले चेकजाँच गर्दा भान्जाको अकालमा मृत्यु भयो ।
सर्पले टोकेको भान्जाको समयमा उपचार गरिएको भए वाच्न सक्थ्यो, उनले ड्युटीमा रहेका अनमी नर्स र अहेवलाई डाक्टर बोलाउन आग्रह गर्दा अटेर गरेको बताए । दिउसो ३ बजे भर्ना गराईको वालक अभिसेकको आधिघण्टा नबित्दै चिन्ताजनक बन्दै गएपछि अन्तिम क्षणमा धरान रेफर गरिएको अनिलले सुनाए । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पु¥याउदा चिकित्सकले वालकको एक घण्टा अगावै मृत्य भईसकेको वताएको उनले सुनाए ।
राजविराजस्थित अस्पतालमै वालकको मृत्यु भई सकेको दावी गर्दे आफ्नो कमजोरी लुकाउन हतार हतार धरान रेफर गरेको उनको भनाई थियो । उनले भविष्यमा पुन यस्तो घटना नदोहरिन दोषीमाथी कारवाहि तथा क्षतिपूर्ती पाउनु पर्ने माँग गरे ।
यता अस्पताल श्रोतले शरीरमा सर्पको विष फैलिसकेकाले वालकलाई प्रारम्भिक उपचार पछि धरान लैजान सल्लाह दिईएको जानकारी दिएको छ । दुई दिन अघि पनि सो अस्पतालमा चिकित्सकको लापरवाहीका कारण एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्त आनदोलनमा उत्रिए पछि पीडित र अस्पताल प्रशासनवीच वार्ता गरी छानवीन गर्ने सहमति भए पछि विवाद साम्य भएको थियो तर सोको दुइ दिन नबितदै पुनः अर्को घटनाले अस्पताल प्रशासनको चिन्ता थपीएको छ ।
अस्पताल प्रमुख शैलेन्द्र झाले पछिललो पटक भएको वालकको मृत्युको विषयलाई लिएर पनि छानबिन गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ