News Category 2078/07/27
सप्तरी प्रिमीयर लिगको चौथो संस्करणका लागि खेलाडी दर्ता खुला
राजबिराज÷राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट संघले आयोजना गर्ने मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरिएको छ । लिगको तेश्रो संस्करण गत वर्ष चैत्रमा सम्पन्न भएको थियो । चौंथो संस्करणको आयोजना मंसिर अन्तिम साता हुनेछ ।
यस पटक सप्तरी प्रिमियर लिगको महिला संस्करण पनि आयोजना गरिनेछ जसको लागि पनि खेलाडी दर्ता खुला गरिएको छ । पुरुष लिग सकिएको केहि दिनमा महिला लिग आयोजना हुनेछ ।
अक्सनमा सहभागी हुन इच्छुक खेलाडीहरुले खल्ती एपमार्फत दर्ता शुल्क ५ सय रुपैयाँ तिरेर खेलाडीहरुले आफ्नो नाम दर्ता गर्न सक्ने र मंसिर १० गते सम्म खेलाडीहरुले नाम दर्ता गराईसक्नु पर्नेछ ।
लिगमा यस पटक टिम संख्या बढाइने प्रतियोगिता निर्देशक रोशन मण्डलले जानकारी दिए । गत सिजन ५ वटा टिम लिगमा सहभागी थिए । यस पटक लिग थप स्तरीय बन्ने तथा पहिलो पटक खेलहरु टर्फ विकेटमा खेलाइने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
लिगको गत सिजन मेहबुब आलम, बसन्त रेग्मी, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, सुनिल धमला, सिद्धान्त लोहनी जस्ता चर्चित खेलाडीहरु बिभिन्न टिमबाट खेलेका थिए । यस्तै प्रत्येक टिममा स्थानीय खेलाडीहरुको समेत बाहुलता रहेको छ ।
गत सिजनको उपाधि बिबेक यादव कप्तानीको बजाज खडक वारियार्सले जितेको थियो । लिगमा बजाज खडक वारियर्ससंगै रुपनी राइडर्स, टिभीएस किंग्स राजविराज, बोदे बरसाईन थन्डर्स र तिलाठी कोईलाडी गरि ५ टोलि सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ