News Category 2078/07/29
साइकल खरीदमा अनियमितता भएको छ ः अख्तियार प्रमुख
दैनिक समाचारदाता
जनकपुरधाम, २९ कात्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले “मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएका साइकलमा अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धानका क्रममा अनियमितता भएको देखिएको बताए ।
उनले प्रारम्भिक अनुसन्धानका क्रममा अनियमितता भएको देखिएकाले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेको जानकारी दिए । सापकोटाले विस्तृत अनुसन्धानमा अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए । विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्ने उनको भनाई थियो ।
सो सम्बन्धमा परेको उजुरीमाथी अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारि साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ