News Category 2071/05/23
रोकिएन् महिलामाथीको हिंसा बोक्सीको आरोपमा पुनः एक महिला कुटिइन्
शुभ नारायण यादव
राजविराज, २२ भदौं ।
सरकारले बोक्सी प्रथा अन्त्यका लागि विभिन्न कानुनहरु ल्याए पनि सप्तरी सहित तराईका जिल्लाहरुमा बोक्सीको आरोपमा कुटपिट गर्ने क्रम अझै रोकिएको छैन ।
यसैक्रममा सप्तरीको रामपुर जमुवा गाविस ७ की एक महिलालाई कथित बोक्सीको आरोपमा उनका आफनै छिमेकीहरुले निर्घात कुटपिट गरेका छन ।
स्थानीय बद्री मण्डलकी ४० वर्षिया श्रीमति अशिया देवी मण्डललाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन ।
उनलाई छिमेकीहरु हरि मण्डल, उनकी श्रीमति रुकमणि देवी मण्डल, बुहारी सरिता देवी मण्डल, छोरी बबिता कुमारी मण्डल सहितकाहरुले तिमी बोक्सी हो भन्दै निर्घात कुटपिट गरेको बताईन ।
घरायसी विवादलाई लिएर उनीहरुले आफुलाई झुठो आरोप लगाएर मेरो श्रीमतिलाई पटक पटक कुटपिट गर्दै आएको पीडितका श्रीमान बद्री मण्डलको भनाई छ । अरुको घर तथा खेतमा मजदुरी गरी खाने यी दलित महिलालाई उनीहरुले पटक पटक बोक्सीको झुठो आरोपमा कुटपिट गर्दै आएका छन ।
दुई छोरा र तीन छोरी रहेका मण्डललाई उनीहरुले एक दर्जन भन्दा बढी पटक बोक्सीको आरोपमा कुटपिट गरेको पीडितको श्रीमानको आरोप छ । पछिल्लो पटक शुक्रबार उनीहरुले मण्डल श्रीमान् श्रीमतीमाथि एकाएक कोदालोले हिर्काएर निर्घात कुटपिट गरेका थिए ।
कुटपिटबाट पीडित महिलाको शरिरभरी चोट रहेको छ भने उनको हाल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ ।
यसैबिच आफुलाई पटक पटक कथित बोक्सीको झुठो आरोप लगाएर कुटपिट गर्दै आएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ