News Category 2078/08/05
व्यापारीहरुको अपेक्षालाई परिणाममूखी बनाउनु नयाँ कार्यसमितिको दायित्व
उद्योग बाणिज्य संघ सप्तरीले नयाँ नेतृत्व पाएको छ । त्यो पनि पूर्ण बहुमतका साथ । १४ सदस्यीय कार्यसमितिमध्ये १२ पदाधिकारी एउटै समूहका निर्वाचित भएका छन् । निवर्तमान कार्यसमितिले आफ्नो तीन वर्षको कार्यकाललाई लम्ब्याएर सात वर्ष पु¥याएको थियो । सात वर्षे अवधीको समितिमा रहेका उपाध्यक्ष शंकर दासले आफ्नै नेतृत्वमा निर्वाचन लडे । तर उनी पराजित हुन पुगे । पुराना उद्योगि लालु प्रसाद अग्रवालले अत्याधिक मतबाट निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिमा पूर्ण बहुमत रहेको छ । सो कार्यसमितिमा अधिकांश यूवा उद्योगि व्यापारीहरु नै रहेका छन् ।
यसरी नवनिर्वाचित समितिमा आएका यूवा व्यापारीहरुले संघप्रति घट्दै गएको साखलाई जोगाउन सक्छन की सक्दैनन् भन्ने कुरा आउदो केही दिनमै छर्लङ हुनेछ । विगतमा संघमा ५ हजार भन्दा बढी मतदाता थिए । तर, यस निर्वाचनमा १ हजार ३ सय २२ मात्र मतदाता आवद्ध भए । सात वर्षको अवधीमा यसरी ४ हजार मतदाता घट्नु भनेको संघप्रतिको विश्वास घट्नु हो । उद्योग बाणिजय संघ भनेको बिशुद्ध उद्योगि व्यापारीहरुको छाता संगठन हो । यसले व्यापारीहरुको हकहितका लागि कार्य गर्दछ । तर, विगतमा त्यस्ता गतिविधीहरु हुन नसकेपछि अहिले त्यसको परिणाम स्वरुप निर्वाचनले देखाएको छ । विगतका कार्यसमितिमा रहेका पदाधिकारीहरु पराजित हुनुका कारण मध्ये एक उक्त कार्यकालबाट उद्योगि ब्यापारीहरु असन्तुष्ट हुनु हो ।
कोरोना महामारीका कारण व्यापारीहरुले भोग्नु परेको विभिन्न आर्थिक समस्याप्रति सो समितिले पहल गर्न नसक्नु, उनीहरुको विभिन्न समस्याप्रति संघले गम्भिरतापूवर्क पहल गर्न नसक्नु, उद्योग व्यापारमा आएको हस बारे संघले उचित पहल गर्न नसक्नु लगायतका कारणले पनि संघप्रतिको विश्वासमा कमी आएको छ । जेहोस् नवनिर्वाचित कार्यसमितिबाट यी विकृती विसंगतिलाई न्युनिकरण गर्दै सम्पूर्ण उद्योगि व्यापारीहरुको हकहितका लागि काम गर्ने अपेक्षा राखिएको छ ।
संघका नवनिर्वाचित यूवा कार्यसमितिप्रति जिल्लाका सम्पूर्ण उद्योगि व्यापारीहरुको निकै अपेक्षा रहेको छ । जसको परिणाम स्वरुप पूर्ण बहुमत पाएको हो । तसर्थ सम्पूर्ण उद्योगि व्यापारीहरुको अपेक्षालाई परिणाममूखी बनाउने दायित्वका साथै उनीहरुको हकहितका लागि नयाँ कार्यसमितिले काम गरोस् भन्ने सफल कार्यकालको शुभकामनासहित बधाई ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ