News Category 2078/08/08
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
यु १९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ क्रिकेट टिमको छनोट गरिएको छ । जसमा सप्तरीका ५ खेलाडी पर्न सफल भएका छन् ।
काठमाडांैमा मंसिर ७ गते सुरु भएको यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी लागि प्रदेश २ क्रिकेट टोलीको छनोट गरिएको प्रदेश २ का सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
रौतहटमा सम्पन्न प्रदेशस्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट सप्तरीका बिवेक यादबको कप्तानीमा १४ जना खेलाडीको चयन गरिएको उनले बताए । जसमा सप्तरीका बिवेक यादब (कप्तान) सहित आशिष झा, रोहन बिक, अमित यादब र अजय यादब रहेका छन् ।
यसैगरी टोलीका अन्य सदस्यहरूमा गुलसन झा (उपकप्तान), संतोष कार्की, तिर्थराज दास, शनि साह, आदिल अंसारी, राजेश यादब, समसाद मन्सुरी, प्रदिप पासवान, पुराज ढुंगेल पर्न सफल भएका छन् ।
यस्तै बैकल्पिक खेलाडीहरूमा अलफाज मन्सुरी, सुमन गतराज, अरूण मण्डल, आसचल चौधरी रहेका छन् ।
त्यस्तै टिमको प्रशिक्षकमा अनिल शर्मा र ब्यबस्थापकमा बिरेन्द्र यादबलाई जिम्मेवारी दिएको प्रदेश क्रिकेट संघका प्रदेश २ का सचिव श्रेष्ठले जानकारी दिए । आठ वर्षपछि यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ