News Category 2071/05/26
सभासद्हरुलाई अंग्रेजी भाषाको कक्षा सञ्चालनको तयारी
काठमाडौँ, २५ भदौ ।
संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति मातहतको तालिम, गोष्ठी, कार्यशाला र अन्तरक्रिया व्यवस्थापन उपसमितिले सभासद्हरुलाई अङ्ग्रेजी भाषाको ज्ञान दिलाउन कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
बैठकमा सदस्यबाट व्यक्त भावनालाई ध्यानमा राखेर उपसमिति आगामी दसँै पछिलगत्तै अङ्ग्रजी भाषाको बोलाइ तथा सिकाइसम्बन्धी तालिम सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हो ।
यस्तो तालिम तथा प्रशिक्षणबाट सभासद्हरुको अन्तर्राष्ट्रिय भाषाको ज्ञान सम्बन्धमा क्षमता अभिवृद्धि भई विश्वका कतिपय संविधानमा भएका प्रावधानबारेमा जानकारी हासिल गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।
बैठकमा अङ्ग्रेजी भाषाको तालिमविज्ञ सभासद् तथा सचिवालयका कर्मचारीबाटै दिने व्यवस्था गरिनुपर्नेमा सदस्यले बैठकमा जोड दिनुभएको थियो ।
बैठकको अध्यक्षता गरिरहनु भएकी सभासद् जयन्ती राईसँग समय लिएर उपसमितिका सदस्य लक्ष्मी राईले आफूसँग लामो समयसम्म कलेज पढाएको अनुभव भएकाले सभासद्का लागि दिने अङ्ग्रेजी भाषाको तालिम निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभयो ।
क्षमता कसैको पनि बराबर हुँदैन, एकअर्कासँग अनुभव साटेर समेत क्षमता अभिवृद्धि गर्न सकिने हुनाले क्षमता नभएका सभासद्हरुमात्रै यस समितिमा छन् भन्ने ढङ्गबाट चलाइँदै आएका हल्लालाई गलत सावित गर्न सुझबुझका साथ दिएको जिम्मेवारीलाई समयमै पूरा गर्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।
बैठकमा सभासद्हरुले क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने ल्यापटप र इन्टरनेट सुविधा प्राप्त गर्ने सम्बन्धमा भइरहेको प्रगतिका बारेमा सचिवालयका पदाधिकारीसँग जानकारीसमेत लिनुभएको थियो ।
संविधानसभाको कार्य तालिकाअनुसार भदौ २१ गतेभित्र दिएको जिम्मेवारीअनुसार माग पहिचान गरी सम्पादन र परिमार्जनसमेत समितिले गरेर बुझाइसकेको हिमलाल सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउने नेत्रीहरुबाट प्रेरणा लिएर महिलालाई समान अधिकार दिने पहिलो कडीका रुपमा सन्ततिलाई नागरिकता दिँदा आमा र बाबु दुवैको नामलाई अनिवार्य गर्नुपर्ने विचारले समेत प्रवेश पाएको थियो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ