News Category 2071/05/26
जनता मावि बसबिट्टीको निर्वाचन नगराउन अदालतको आदेश
दैनिक संवाददाता
राजविराज, २५ भदौं ।
पुनरावेदन अदालत राजविराजले सप्तरीको बसबिट्टी गाविसस्थित श्री जनता माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचन कार्य नगर्न, नगराउनु आदेश दिएको छ ।
मुख्य न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलाशले बुधबार सो आदेश दिएको हो ।
स्थानिय चन्द्रकान्त लाल दासले उत्प्रेषण, निषेधाज्ञायुक्त परमादेश दिएको निवेदन उपर बुधबार सुनुवाई हुँदा भदौं २७ गते सो विद्यालयलमा व्यवस्थापन समितिको अध्यक्ष पदको निर्वाचन कार्य नगर्नु, नगराउनु र निर्वाचन सम्बन्धि सबै कार्य यथास्थितिमा राख्नु भनी आदेश दिएको उल्लेख छ ।
विद्यालयको अभिभावक भएपछि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका चन्द्रकान्त लाल दासलाई सो विद्यालयले बच्चाको उमेर ५ वर्ष नपुगेको भन्दै सो पदको उम्मेदवारी खारेजी गरेपछि उनले पुनरावेदनमा निवेदन दिएका थिए ।
श्रोतका अनुसार भदौं १८ गते अन्तिम नामावली प्रकाशनमा दासको नाम रहेको र पछि दाबी बिरोधको समयमा उनलाई सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत नाती राकेश कुमार दासको उमेर ५ वर्ष नपुगेको भन्दै उनको उम्मेदबारी खारेज गरिएको थियो । तर, दासले उम्मेदबारी दिने व्यक्तिको बालबालिकाको उमेरको ५ वर्ष पुगेको हुनुपर्ने वा नहुनुपर्ने भन्ने कतै उल्लेख नभएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ