News Category 2078/08/25
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी
राजविराज÷राजविराजमा संचालित प्रदेश २ स्तरिय प्रधानमन्त्री कप टि–ट्वान्टी महिला क्रिकेट छनौट प्रतियोगिताको उपाधी सिरहाले हात पारेको छ ।
राजविराजस्थित राजरंगशालामा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा सिरहाले बारालाई ९ विकेटले हराउँदै उपाधी हात पारेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको बाराले ५ विकेटको क्षतिमा ८२ रन मात्र जोड्न सफल भयो । जसमा बाराकी प्रतिमा साहले ३१, रचना अर्यालले १६ तथा साना प्रविण १४ रन जोडेका थिए । बलिङतर्फ सिराहाकी संतोषी चौधरी, सरस्वती चौधरी, अनुराधा चौधरीले १÷१ बिकेट हात पारेकी थिइन् ।
८३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको सिरहाले १ विकेटको क्षतिमै १४दशमलब २ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । जसमा सिरहाका लागी अनुराधा चौधरीले अविजित खेल्दै ३१ रन जोडे भने सरस्वति चौधरीले अविजित १२ रन जोडिन् । बलिङतर्फ बाराका कुनै पनि बलरले बिकेट हात पारेनन् भने एक जना रनआउट भएका थिए ।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबको अध्यक्षतामा आयोजित फाईनल समारोहमा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, प्रदेश २ क्रिकेट संघ उपाध्यक्ष सुनिल महासेठ, प्रदेश २ क्रिकेट खेलाडी छनोट समितिका संयोजक मरतुजा हवारी, सदस्य अनिल शर्मा लगायतले फाईनल बिजेता सिरहा र उपबिजेता बारा टिमलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिताको बेस्ट बलर महोत्तरीकी रोजि खत्री, बेस्ट ब्याट्सम्यान बाराकी प्रतिमा साह र प्लेयर अफ दि सिरिज सिरहाकी आरती चौधरी घोषित भइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ