News Category 2078/08/25
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी
राजविराज÷राजविराजमा संचालित प्रदेश २ स्तरिय प्रधानमन्त्री कप टि–ट्वान्टी महिला क्रिकेट छनौट प्रतियोगिताको उपाधी सिरहाले हात पारेको छ ।
राजविराजस्थित राजरंगशालामा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा सिरहाले बारालाई ९ विकेटले हराउँदै उपाधी हात पारेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको बाराले ५ विकेटको क्षतिमा ८२ रन मात्र जोड्न सफल भयो । जसमा बाराकी प्रतिमा साहले ३१, रचना अर्यालले १६ तथा साना प्रविण १४ रन जोडेका थिए । बलिङतर्फ सिराहाकी संतोषी चौधरी, सरस्वती चौधरी, अनुराधा चौधरीले १÷१ बिकेट हात पारेकी थिइन् ।
८३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको सिरहाले १ विकेटको क्षतिमै १४दशमलब २ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । जसमा सिरहाका लागी अनुराधा चौधरीले अविजित खेल्दै ३१ रन जोडे भने सरस्वति चौधरीले अविजित १२ रन जोडिन् । बलिङतर्फ बाराका कुनै पनि बलरले बिकेट हात पारेनन् भने एक जना रनआउट भएका थिए ।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबको अध्यक्षतामा आयोजित फाईनल समारोहमा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, प्रदेश २ क्रिकेट संघ उपाध्यक्ष सुनिल महासेठ, प्रदेश २ क्रिकेट खेलाडी छनोट समितिका संयोजक मरतुजा हवारी, सदस्य अनिल शर्मा लगायतले फाईनल बिजेता सिरहा र उपबिजेता बारा टिमलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिताको बेस्ट बलर महोत्तरीकी रोजि खत्री, बेस्ट ब्याट्सम्यान बाराकी प्रतिमा साह र प्लेयर अफ दि सिरिज सिरहाकी आरती चौधरी घोषित भइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ