News Category 2071/05/27
राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष पासवानको अवस्था गम्भिर पासवानको अवस्था बारे एमालेका नेता अनभिज्ञ
नवीनकुमार गुप्ता
राजविराज, २६ भदौं ।
दुर्घटनामा परि घाइते हुनु भएका राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष रामपृत पासवानको अवस्था झन गम्भिर बन्दै गएको छ ।
गत शनिबार पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित सडकखण्डमा मोटरसाइकलमा सवार पासवानसहितलाई मिनि ट्रकले ठक्कर दिएपछि उहाँ गम्भिर घाइते हुनु भएको थियो ।
गम्भिर घाइते भएपछि उहाँलाई बिराटनगर उपचारका लागि लगिएको थियो । तर, त्यहा पनि उपचार सम्भव नभएपछि सोमबार काठमाडौंस्थित मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
उहाँको करङ्ग भाचिएको छ भने फोक्सोमा असर परेको संलग्न चिकित्सकहरुले जनाएका छन् ।
काठमाडौंस्थित अस्पतालमा उहाँलाई उपचारका लागि भर्ना गरिए पनि हालसम्म नेकपा एमालेका कुनै पनि नेताहरु स्वास्थ्य अवस्था बारे जानकारी लिन नआएको उहाँका अति निकटत्तम व्यक्तिहरुले जानकारी दिएका छन् ।
राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष जस्तो गरिमामय पदमा रहिसक्नु भएका पासवानको स्वास्थ्य अवस्था बारे बुझ्न पार्टीका राष्ट्रिय स्तरका नेताहरु अस्पतालसम्म पुग्न सकेका छैनन् भने सप्तरी जिल्लाका अध्यक्ष लगायत अन्य कुनै पनि नेताले कुनै चासो समेत देखाएका छैनन् ।
सबैभन्दा पहिला उहाँलाई भर्ना गरे लगत्तै निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो । त्यसपछि नेकपा एमालेका कार्यालय सचिव पृथ्वी सुब्बा गुरुङ अस्पताल आई स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको निकटतम व्यक्तिले जनाएका छन् ।
जबकी उहाँका परिवारजनले पार्टी लगायत जिल्लामा समेत सम्पूर्ण नेताहरुलाई बारम्बार खबर गरिरहेका छन् । यता पासवानको अवस्था बारे स्वास्थ्य मन्त्रि समेतलाई जानकारी दिइसकिएको छ ।
गत शनिबार पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ४११६ नं.को मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको स १ प २५८७ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा उपाध्यक्ष रामपृत पासवान र बोरिया ५ बस्ने वर्ष ३६ को अजय कुमार साह घाइते हुनुभएको थियो ।
त्यस्तै गरि सोही दिसातर्फ गईरहेको स ४ प ३५७३ नं.को मोटरसाइकललाई समेतलाई ठक्कर दिदा सवार सप्तरी हरिपुर ५ बस्ने वर्ष २२ को श्याम कुमार चौधरी घाईते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ