News Category 2078/08/26
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ को महिला क्रिकेट छनोटमा २० जना खेलाडी बन्द प्रशिक्षणमा परेका छन् ।
मंसिर २० गते देखि राजबिराजमा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगिताबाट ती खेलाडीहरुको छनोट गरिएको हो ।
प्रदेश २ का ५ जिल्ला सम्मलित छनोट प्रतियोगितावाट साना प्रविण, अलिसा यादब, प्रिंयका गुप्ता, सिवानी साह, प्रतिमा साह, सरस्वति चौधरी, अनुराधा चौधरी, संतोषी चौधरी, आरती चौधरी रहेका छन ।
यसैगरी मेलिना रायमाझी, गोमा आले, रोजी खत्री, पुष्पा फुयाल, शोभा आले, सृजना चौधरी, मोनिका साह, मधु राउत, बिमला मगर, मिना महतो बन्द प्रशिक्षणमा परेको प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
छनोटमा परेका २० जना महिला खेलाडीले मंसिर २८ गते देखि ३० गतेसम्म राजबिराजमा संचालित हुने बन्द प्रशिक्षणवाट १५ जना महिला खेलाडीलाई छनोट गरिने छनोट समितिका संयोजक मुरतुजा हवारीले जानकारी दिए ।
उक्त बन्द प्रशिक्षणबाट राष्ट्रिय खेलकुद परिषद कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा यही पुस ३ गते देखि प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
यसैगरी पुस २५ गते देखी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पुस ३ गते देखि प्रदेश स्तरिय पुरूष क्रिकेट छनोट खेल राजबिराजमा हुने भएको छ ।
प्रदेश २ स्तरिय खेलाडी छनोट प्रतियोगिताका लागि सप्तरीमा मंसिर २६ गते देखि २८ गते सम्म संचालन हुने छनोट अभ्यास खेलमा किर्तिमानी खेलाडी महबुव आलम सहित जिल्ला भरीका ४० जना खेलाडीहरूको सहभागिता रहेको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ