News Category 2078/08/26
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ को महिला क्रिकेट छनोटमा २० जना खेलाडी बन्द प्रशिक्षणमा परेका छन् ।
मंसिर २० गते देखि राजबिराजमा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगिताबाट ती खेलाडीहरुको छनोट गरिएको हो ।
प्रदेश २ का ५ जिल्ला सम्मलित छनोट प्रतियोगितावाट साना प्रविण, अलिसा यादब, प्रिंयका गुप्ता, सिवानी साह, प्रतिमा साह, सरस्वति चौधरी, अनुराधा चौधरी, संतोषी चौधरी, आरती चौधरी रहेका छन ।
यसैगरी मेलिना रायमाझी, गोमा आले, रोजी खत्री, पुष्पा फुयाल, शोभा आले, सृजना चौधरी, मोनिका साह, मधु राउत, बिमला मगर, मिना महतो बन्द प्रशिक्षणमा परेको प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
छनोटमा परेका २० जना महिला खेलाडीले मंसिर २८ गते देखि ३० गतेसम्म राजबिराजमा संचालित हुने बन्द प्रशिक्षणवाट १५ जना महिला खेलाडीलाई छनोट गरिने छनोट समितिका संयोजक मुरतुजा हवारीले जानकारी दिए ।
उक्त बन्द प्रशिक्षणबाट राष्ट्रिय खेलकुद परिषद कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा यही पुस ३ गते देखि प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
यसैगरी पुस २५ गते देखी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पुस ३ गते देखि प्रदेश स्तरिय पुरूष क्रिकेट छनोट खेल राजबिराजमा हुने भएको छ ।
प्रदेश २ स्तरिय खेलाडी छनोट प्रतियोगिताका लागि सप्तरीमा मंसिर २६ गते देखि २८ गते सम्म संचालन हुने छनोट अभ्यास खेलमा किर्तिमानी खेलाडी महबुव आलम सहित जिल्ला भरीका ४० जना खेलाडीहरूको सहभागिता रहेको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ